काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गरेका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् ।
पदभार ग्रहण गर्दै उनले नेपाल सरकारले ग्लोबल फण्डका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले जानकारी दिए । स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउन पहलकदमी गर्ने बताए । दुर्गम क्षेत्रमा उपचार नपाएकाका लागि लक्ष्य गरेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ रहेको थियो ।
उक्त निर्णय मन्त्रिपरिषद्मा पठाएपछि कार्यान्वयन हुने मन्त्रालयका प्रवक्ता डा मिश्राले जानकारी दिए । उनले ग्लोबल फण्डको कार्यक्रम सन् २०२४ देखि सरकारको मातहतमा ल्याउने र त्यसका लागि सचिवालयसमेत स्थापना गर्ने बताए ।
सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले पनि पदभार ग्रहण गरे । राज्यमन्त्री केसी २०७४ सालको सङ्घीय निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । सोही अवसरमा निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्री केसीलाई स्वागत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०७९ - १४:३९
सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहर...
श्रावण २६ गते, २०७९ - १४:३३
बागमती । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको...
श्रावण २६ गते, २०७९ - १३:५७
ओटावा । क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना ...
श्रावण २६ गते, २०७९ - १३:३८
बनियानी । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र ...
श्रावण २६ गते, २०७९ - १३:१८
काठमाडौँ । भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी कार्य अघि बढाएको छ । ...
श्रावण २६ गते, २०७९ - १३:०१
बलेवा । खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पु¥याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा ‘एक घर एक धारा’ का...
श्रावण २६ गते, २०७९ - १२:४३
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराई र माओवादीका नेता नारायणकाजी श्रेष्ठबीच ...
श्रावण २६ गते, २०७९ - १२:२४
टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार...
श्रावण २६ गते, २०७९ - १२:०७
भक्तपुर । काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला ...
श्रावण २६ गते, २०७९ - ११:५५
काठमाडौँ । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजा...
प्रतिकृया लेख्नुहोस्: