Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कलाकार समाजको दर्पण होः मुख्यमन्त्री शाही

खबरडबली संवाददाता

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताएका छन्  । केबी इन्टरटेन्मेन्ट ग्रुपद्वारा आजदेखि वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’ शुभारम्भ गर्दै उहाँले कलाकारहरूले समाजको वास्तविक कथालाई कलाका माध्यमबाट उतार्दा त्यसले नेतृत्वलाई बढी जिम्मेवार बनाउने बताए  । चलचित्र उद्योगले पनि मुलुक विकासमा सहयोग पु¥याउँदै आएको उनको भनाइ थियो ।

हरेकले कर्णालीप्रति हेर्ने दृष्टिकोण कमजोर बनाउँदै आएको बताउँदै मुख्यमन्त्री शाहीले भने, “कर्णालीलाई कमजोर नसम्झ बरु तिम्रो हेर्ने नजर परिवर्तन गर किनकि सिङ्गो नेपाललाई विश्वमा चिनाउने भर्जिनल्याण्ड कर्णाली हो ।” वरिष्ठ कलाकार प्रेमदेव गिरीलगायतका कलाकारको प्रशंसा गर्दै उनले कर्णालीका कथा र वास्तविकतालाई चलचित्रमा उतार्ने गरी कलाकारिता क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्न  सुझाए  ।

वरिष्ठ रङ्गकर्मी गणेशभक्त गौतमले कर्णाली आफैँमा कलाको खानी भएको र कार्यशालाले यस क्षेत्रका कलाकारलाई अझ दक्ष बनाउने विश्वास व्यक्त गरे  । कर्णालीको राजधानी सुर्खेतमै चलचित्र निर्मातासहित दक्ष कलाकारहरू भए पनि उनीहरूले जीविकोपार्जन गर्न सक्ने वतावरण नभएको र उनीहरूप्रति राज्यको हेर्ने नजर फरक भएको टिप्पणी गरे  ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले विसं २०६८ मा सुर्खेतमै राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको उल्लेख गर्दै कार्याशालाले राम्रा कलाकार उत्पादन गर्ने मात्र नभई कर्णालीमा राम्रा कलाकार छन् भन्ने सन्देश दिने बताए  । केबी इन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीमा चलचित्र उत्पादन गरी यही क्षेत्रको जनशक्ति निर्माण गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको जनाए  ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले यहाँका कलाकारलाई दक्ष बनाइ मुलुक निर्माण सहयोग पु¥याउनु सबैको कर्तव्य भएको विचार व्यक्त गरे  । कार्यशालामा विष्णु कल्पितले प्रशिक्षण दिनुहुने भएको छ ।

वरिष्ठ कलाकार प्रेमदेव गिरी, नृत्य निर्देशक कुलमान नेपाली, चलचित्र निर्माता निर्मल प्याकुरेललगायतका कलाकार माया थापाको सहभागिता रहेको सो  कार्यशालामा २५ जना प्रशिक्षणमा सहभागी हुनुहुने जनाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies