रुकुम(पूर्व) । रुकुम(पूर्व) मा धान खेती घट्दै गएको छ । पहिलेको तुलनामा पछिल्ला केही वर्षमा यस जिल्लामा धानखेती घटेको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व) ले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ भन्दा अघि जिल्लाको ५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको थियो ।
कार्यालयका कृषि अधिकृत थलबहादुर बस्नेतका अनुसार पाँच वर्ष अघिसम्मको जिल्लाको तथ्याङ्कमा धान खेती भइरहेको क्षेत्रफल पाँच हजार ३७ दशमलव २८ हेक्टर थियो । अहिले जम्मा एक हजार ४१९ दशमलव ४२ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि अधिकृत बस्नेतले बताउनुभयो । पहिले जिल्लाको तीन वटै पालिकाको विभिन्न ठाउँमा हुने धानखेती अहिले दुई वटा पालिकामा मात्र सीमित रहेको छ ।
विगत केही वर्षयता पुथा उत्तरगङ्गा गाउँपालिकामा धानखेती हुन छोडेको छ । भूमे गाउँपालिकाको ३ नम्बर वडा सीमाको थोरै क्षेत्रमा मात्र धानखेती हुने गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व) ले जनाएको छ । सिस्ने गाउँपालिको भने ३, ४, ५, ६, ७ र ८ नं वडामा धानखेती हुँदै आइरहेको छ । यी ठाउँको खेतमा पनि पहिलेको जस्तो धानखेती भने हुँदैन् । विस्तारै प्रायःमानिसले खेतलाई बाँझो छोड्दै गएका छन् ।
धानखेती हुने खेतमा अहिले मानिसले मकै रोपेका छन् भने नदी किनाराका खेत बगरमा परिणत भएका छन् । कतिपयले धानको ठाउँमा तरकारी खेती पनि गर्दै आएका छन् । जिल्लामा पहिलेको जस्तो धान खेती नहुँनु, सिँचाइ सुविधा नहुनु, युवाहरु कृषिमा आकर्षित नहुनु, वैदेशिक रोजगार र आम मानिस सहर केन्द्रित हुनुले पनि धानखेतीमा कमी आएको कृषि कार्यालयका कृषि अधिकृत बस्नेतले बताए । धान मात्र नभएर अन्यखेती प्रणालीमा पनि कमी आउँदै गएको उनको भनाइ छ ।
रुकुम(पूर्व) मा सावित्री, सुख्खा, स्थानीय र हाइब्रिड जातको धान खेती गरिँदै आइएको छ । रुकुम(पूर्व)को कूल खेतीयोग्य जमिन २० हजार २६५ हेक्टर क्षेत्रफल रहेको छ भने खेती भइरहेको जमिनको क्षेत्रफल १६ हजार ३७० हेक्टर रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: