Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

खेतीको याम सुरु भयो, खेताला पाउनै मुस्किल

खबरडबली संवाददाता

नवलपुुर । सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा मनाउने घोषणा गरेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)सहित देशभर आज रोपाइँ महोत्सव गरिँदैछ । 

असारलाई मानो रोपेर मुरी उब्जाउने समयका रुपमा समेत कृषकहरुले लिने गरेका छन् । असार लागेसँगै कृषकहरुलाई खेतबारीमा कामको चटारो छ । मकै स्याहार्न तथा धान रोप्ने खेतको तयारीमा कृषकहरु जुटेका छन् । 

जिल्लाका अधिकांश स्थानमा बर्खेधानको रोपाइँ सुरु भइसकेको छ । खेत रोप्दै गरेका भने खेतीपानी गर्नका लागि खेताला नपाउने समस्या रहेको बताउँछन् । प्रविधिको विकाससँगै खेतबारीमा राँगा र गोरुले जोत्ने चलन हराइसक्यो । इन्धनको मूल्यवृद्धि भएसँगै ट्र्याक्टरको प्रयोग अत्यधिक महँगिएको किसानहरुले अनुभूति गरेका छन् । पछिल्लो समय कृषकहरुलाई खेती गर्नका लागि झन् भन्दा झन् गाह्रो हुँदै गएको कावासोती–१७ का कृषक पिताम्बर सुवेदीले बताए  । “अहिले खेतबारीमा काम गर्ने खेतालाहरु पाउनै मुस्किल छ । खेताला पाइहाले पनि रोपाइँका लागि आवश्यक पर्ने सिँचाइको असुविधा छ,” उनले भने, “महँगीका कारण सबै कुराको भाउ अत्यधिक बढ्यो । अब खेती किसानी गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था बिस्तारै हराउन थालेको छ ।” 

गाउँघरका युवाहरु विदेसिने क्रम बढेकाले समेत कृषि कर्मका लागि खेतालाहरु पाउनै कठिन भएको मध्यविन्दु–३ का कृषक जुगतराम थनेतको भनाइ छ । “धान खेतीका लागि आधुनिक प्रविधि भित्रिएको भए पनि ती प्रविधिहरु सबै कृषकको पहुँचमा छैनन्,” उनले भने, “प्रविधिबाट रोपाइँको काम सुरु भए पनि केही कामका लागि भने मानिसको श्रम नै आवश्यक पर्छ तर काम गर्ने युवाहरु तथा जनशक्ति नै छैनन् ।” गाउँघरमा बूढाबूढी र केटाकेटी तथा महिला मात्रै भेटिने गरेका भन्दै थनेतले आवश्यक पर्ने बेलामा बाउसे र रोपाहारहरु पाउनै नसकिने बताए  । 

मुस्किलले पाउने खेतालाको ज्याला र धान रोप्दा लागेको खर्च जोड्ने हो भने आम्दानीभन्दा खर्च बढी लाग्ने गरेको थनेतको भनाइ छ । उन्नत जातको धान रोपेर धेरै उत्पादन गर्ने अभिलाषा पालेका उनले  धान बेचेर नै वर्षभरिको खर्च धान्ने गरेका छन् । तर सबै क्षेत्रमा महँगी बढेसँगै खेती गर्न गाह्रो भएको थनेतले गुनासो गरे  । “खेताला महँगिएका छन् । ट्र्याक्टर भाडा उस्तै महँगो छ । उत्पादनभन्दा खर्च बढी भएको छ । अब कसरी खेतीपाती गरेर जीविका चलाउने हो ?” उनले भने, “एकजना खेतालाले प्रतिघण्टा रु १२० का दरले ज्याला लिन्छन् । अनि ट्र्याक्टरले जोतेको प्रतिमिनेट रु ४५ लिने गरेको छ ।” धान रोपाइँका लागि खेताला नपाउने समस्या एकतिर हुँदाहुँदै अर्कोतिर धानबालीमा हाल्ने मलको अभावसमेत कृषकहरुले खेप्नु परेको उनको भनाइ छ । धान रोप्ने समयमा कहिल्यै पनि रासायनिक मल नपाउने गरेको जनाउँदै उनले सहकारीमा गएर घण्टौँ लाइन बस्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था रहेको बताए । 

कावासोती–१७ कि गीता विकले धान रोप्ने समयमा मल, बीउ नपाउने र खेतालाको समस्या हुनाका साथै उत्पादन पछि पनि बिक्री गर्दा उचित मूल्य नपाउने गरेको गुनासो गरे  । स्थानीय सरकारले खेती गर्नका लागि आधुनिक मेसिन सहुलियत रुपमा वितरण गरेका किसानलाई राहत हुने विकले बताए  । “अब खेताला पाउन गाह्रो छ पाएको खेतालाको मूल्य पनि धेरै छ,” उनले भने, “यस्तो अवस्थाका स्थानीय सरकारले धान रोप्ने मेसिन अनुदानमा दिने हो भने हामीलाई राहत हुने थियो ।” 

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले जिल्लामा यस वर्ष २० हजार ५८० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइने बताउनुभयो । जिल्लाको धान खेती गरिने कूल क्षेत्रफलमध्ये ५५ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने लामिछानेको भनाइ छ । जिल्लामा कुलो, बोरिङ, ट्युवेल लगायतबाट धान खेतीमा सिँचाइ हुने गरेको लामिछानेले बताए । 

मुख्यगरी जिल्लाको दक्षिणी भागमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटका दक्षिणी भागहरुमा धान खेती राम्रो हुने गरेको उनले भने, “पहाडी क्षेत्र बुलिङटारमा पनि धानको उत्पादन राम्रो छ ।” जिल्लाको कूल खेतीयोग्य जमिन ४९ हजार ७४७ हेक्टर रहेको छ । 

कूल खेतीयोग्य क्षेत्रफलको करिब ३१ प्रतिशत जमिनमा मात्रै धान खेती हुँदै आएको प्रमुख लामिछानेले बताए । जिल्लामा धान खेती विस्तारका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको प्रमुख लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले धान खेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ । 

नवलपुरमा सावित्री, सावा मन्सुलीसहित वर्णशङ्कर जातका धान उत्पादन हुने गरेको छ । जिल्लामा रैथाने धानको खेती भने बिस्तारै हराउँदै गएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy