Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

आँप खेतीप्रति किसान आकर्षित

खबरडबली संवाददाता

जनकपुर । धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गरेका छन्  । करिब एक बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचामा उत्पादित आँप बिक्री गरी यसवर्ष मात्र रु पाँच लाखभन्दा बढी कमाउन उनी सफल भएका छन् । 

आँप खेतीबाट राम्रो आम्दानी भएपछि महतो उत्साहित छन्  । “एक वर्षमै रु पाँच लाखको आँप उत्पादन हुन्छ, भन्ने विश्वासै थिएन्, तर उत्पादन बढ्ेपछि उत्साहित भएको छु”, महतोले भने, “अब थप एक बिघा जग्गामा आँपको बोट लगाउने सोच बनाएको छु ।” निम्न मध्यवर्गीय परिवारका महतोले आँप खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आफ्नो आयस्तरमाथि उठेको उनले बताए  । आँप खेतीबाटै आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउँदै आएको महतोको भनाइ छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–८ श्रीपुुरका जगदीश चौधरीले पनि यसवर्ष आँप खेतीबाट करिब रु नौ लाख कमाइ भएको सुनाए । विगत एक दशकदेखि व्यावसायिक रुपमा आँप खेती गर्दै आउनुभएका चौधरीले आँप खेतीकै कमाईबाट पक्की भवन बनाउनुका साथै कुटानीपिसानी गर्ने मिलसमेत खरिद गरेका छन्  । 

“अहिले आँपको बगैँचा लगाइएको तीन बिघा जग्गामा पहिला धानबाली लगाउँदै आएको थिएँ”, चौधरीले भने, “धानबालीमा लगानीअनुसारको फाइदा हुँदैन्थ्यो, त्यसैले धानबाली लगाउने खेतमै आँपको बगैँचा लगाएको छु, अहिले आँप खेतीबाटै वर्सेनि राम्रै आम्दानी भइरहेको छ, यसबाट सन्तुष्ट छु ।” 

लहान नगरपालिका–१५ ढोढनाका अशोक चौधरीले यसवर्ष आँप राम्रै फलेको बताए  । रमेश, जगदीश र अशोक मात्र होइन्, धनुषा, सिरहा र सप्तरीका किसानले आँप खेतीलाई मनग्य आम्दानी गर्ने माध्यम बनाएका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको श्रीपुर गाउँ आँप खेतीको लागि प्रख्यात छ । सो गाउँमा प्रायः सबैको घरमा आँप बिक्रीबाटै चल्छ । 

पूर्व–पश्चिम राजमार्गको आसपास क्षेत्रमा पर्ने सप्तरीको सीतापुर, घोघिदाहा, महुली, कल्याणपुर, सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हा, बन्दीपुर, धनुषाको  वीरेन्द्रबजार, गोदार, ढल्केबरलगायत स्थानमा बढी आँप उत्पादन हुने गरेको छ । 

सप्तरी, सिरहा र धनुषामा उत्पादन हुने आँप काठमाडौँ, पोखरा, बुटवलका साथै भारतीय बजारमा बिक्रीका लागि लैजाने गरिन्छ । किसानले बम्बई, मालदह, दसहरी, कलकतियालगायत प्रजातिका आँप बढी उत्पादन गर्ने गरेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy