Khabar Dabali ७ चैत्र २०७९ मंगलवार | 21st March, 2023 Tue

प्रधानमन्त्री देउवाले त्रिविलाई प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न आग्रह गरे

यस वर्षको बजेटमा सरकारले त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेशअनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन्  ।

त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आज आयोजित सो विश्विद्यालयको ६३औँ वार्षिक दिवसको अवसरमा आज आयोजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति देउवाले समाजका सबै वर्ग, समुदायले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा, सिर्जना राष्ट्र र समाजको लागि उपयोग गर्नसक्ने वातावरण निर्माणको राष्ट्रिय दायित्व रहेको जानकारी गराए  ।

उनले  उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई आफ्नै देशमा उनीहरूका रुचि र बजारको मागअनुसार शिक्षा प्राप्त गर्ने वातावरण बनाई राष्ट्रको ठूलो धनरासी जोगाउन विश्वविद्यालयका पदाधिकारी समक्ष अनुरोध गरेका थिए ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले गौरवशाली इतिहास बोकेको सो विश्वविद्यालयबाट उत्पादित जनशक्तिले नै मुलुकको राजनीति, प्रशासन, शिक्षा र व्यवसाय धानिरहेको उल्लेख गर्दै विश्वविद्यालयको व्यवस्थापन तथा पदाधिकारीविरुद्ध पछिल्ला दिनमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधिमार्फत नाजायज माग पूरा गराउन भइरहेको असभ्य गतिविधिको अन्त्य हुनुपर्ने बताए  । 

त्रिविलाई राष्ट्रको इतिहास, संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाइराख्नुपर्ने, विश्वपरिवेशमा मानवहितका लागि सिर्जित नयाँ ज्ञान र प्रविधि प्रयोगको दायित्व बढाउने रहेको बताए । उनले सरकारले यसै वर्षको नीति कार्यक्रम तथा बजेटमा त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने लक्ष्य लिएकाले आफ्ना विगतको प्राज्ञिक यात्राको समीक्षा गरी प्रतिस्पर्धी शैक्षिक केन्द्रको रुपमा अघि बढ्न विश्वविद्यालयलाई आग्रह गर्दै आफूले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकले ६०औँ ग्रेस लिस्ट पारित गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको काँधमा छ : शेखर कोइराला

काठमाडौं।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउ...

मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिने

काठमाडौं।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनल...

आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती

काठमाडौं।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन्। ‘मातृभाषा, संस्का...

जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न माग

काठमाडौं।  कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गर...

विदेशी पर्यटकको लेक लागेर मृत्यु

काठमाडौं। सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ।  खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्...

अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि

काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएक...

नेपाल एयरलाइन्सका सात कर्मचारीलाई निलम्बन

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ । ताप्लेजुङबाट काठमाडौँ...

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । नेपाल शिक्षक संघले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको ...

जनमोर्चा सरकारमा नजाने

काठमाडौं । दश दलीय गठबन्धनमा सामेल रहेको राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको जनमोर...

काठमाडौंमा पहिलोपटक राष्ट्रिय न्यायिक समिति सम्मेलन हुँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ।  काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा प...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page