सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको छ ।
लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा छ करोड एक लाख ६३ हजार २५० किलो तरकारी निकासी गर्दा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को रकम सङ्कलन गरेको हो ।
साथै आव २०७८/७९ को अन्तिम महिना असारमा ५५ लाख ५० हजार २०० किलो तरकारी निकासी गर्दा रु २० करोड २३ लाख १७ हजार ५०० बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।
आव २०७८/७९ को पहिलो महिना साउनमा ५५ लाख ५० हजार २०० किलो तरकरीबाट रु १९ करोड ६४ लाख ७४ हजार २५०, भदौमा ५४ लाख ४० हजार ८०० किलोको रु २४ करोड तीन लाख ६१ हजार २५०, असोजमा २७ लाख १८ हजार ४०० किलोको रु १० करोड ६७ लाख २२ हजार ४५०, कात्तिकमा १५ लाख ४७ हजार नौ किलोको रु आठ करोड ६५ लाख ५५ हजार २५०, मङ्सिरमा ४७ लाख २१ हजार ९५० किलोको रु २५ करोड १२ लाख ३३ हजार ५०० पुसमा ६७ लाख पाँच हजार ५५० किलोको रु २८ करोड चार लाख ९७ हजार २०० रकम प्राप्त भएको छ ।
यस्तै माघमा आठ करोड ५९ लाख सात हजार ३० किलोको रु ३० करोड ८५ लाख ८५ हजार ६२५, फागुनमा ८१ लाख २५ हजार २०० किलोको रु ३४ करोड ५८ लाख ३१ हजार ७५, चैतमा ३७ लाख ६५ हजार १०० किलोको रु १३ करोड ८६ लाख एक हजार, वैशाखमा ३८ लाख ४० हजार ३०० किलोको रु १८ करोड ९९ लाख ४० हजार ६३० र जेठमा ४४ लाख आठ हजार ३०० किलोको रु १० करोड ५३ लाख ५२ हजार २०० बराबरको तरकारी निकासी भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।
जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेडा, परबल, बोडी, सिमी, भण्टा, करेलालगायतका तरकारी उक्त बजारमा आउने गरेको छ । देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको तरकारी थोक बजार व्यवस्थापन समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।
त्यसमध्ये गोभेडा ५० प्रतिशत, परबल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी पाँच प्रतिशत गरी कूल छ करोड एक लाख ६३ हजार २५० किलोको रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी लालबन्दीबाट निकासी भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: