Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पत्रकारमाथि हातपात घटनाको निन्दा

खबरडबली संवाददाता

महोत्तरी । यहाँका पत्रकार ललनकुमार मण्डलमाथि भएको हातपात घटनाको पत्रकार सम्बद्ध सङ्घ, सङ्गठनले निन्दा गरेका छन् । 

एकजना मिटरब्याजीसँग सम्बन्धित घटनाको रिपोर्टिङका क्रममा गत सोमबार जिल्लाकै गौशाला बजारमा पत्रकार मण्डलमाथि भएको हातपातको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा र अन्य पत्रकारसम्बद्ध सङ्घ, सङ्गठनले आज विज्ञप्ति नै जारी गरेर निन्दा गरेका हुन् ।

महासङ्घ जिल्ला शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता)ले स्वतन्त्र रुपमा समाजमा घटित घटनाबारे सोधपुछ गर्दा पत्रकार मण्डलमाथि आक्रमण गरी हातपात गरिएको घटना निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरेको छ । महासङ्घ जिल्ला शाखाको आज जारी विज्ञप्तिमा घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ । 

त्यसैगरी जिल्लाका पत्रकार सम्बद्ध सङ्गठन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार मण्डलमाथि भएको हातपात घटनाबारे छानबिन गरी सबै दोषीउपर कारबाहीको माग गरिएको छ । युनियनका जिल्ला अध्यक्ष रवीन्द्र उप्रेती, चौतारीका जिल्ला अध्यक्ष नवीन प्रियदर्शी र सेन्टरका जिल्ला अध्यक्ष धनवीर महतोले जारी गरेको संयुक्त विज्ञप्तिमा पत्रकार मण्डलमाथि आक्रमण गर्ने र मिटरब्याज असुलेर सिधासाधा जनताको बिल्लीबाठ पार्नेलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

महासङ्घ जिल्ला शाखाका सदस्य तथा बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष पत्रकार मण्डल नेपाल प्रेस युनियनका केन्द्रीय परिषद् सदस्य पनि छन् । न्युज–२४ सञ्चारमाध्यममा आबद्ध पत्रकार मण्डललाई सञ्जय रौनियारसहितका केही व्यक्तिको समूहले सोमबार मिटरब्याजी घटनाको सोधखोजका क्रममा आक्रमण गरेको थियो ।

यसैबीच नेपाल प्रहरीले पत्रकार मण्डलमाथि हातपात गर्नेमध्ये सञ्जय रौनियारलाई पक्राउ गरी आवश्यक छानबिन थालिएको जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले घटना सम्बद्ध अन्य आरोपीको खोजबिन भइरहेको जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending