Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

युक्रेनी युद्धबन्दीमाथिको आक्रमण छानबिन गर्न राष्ट्रसङ्घलाई आमन्त्रण

खबरडबली संवाददाता

मस्को । रूसले युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक  नजिक अवस्थित सोधपुछ तथा हिरासत केन्द्रमा उच्चप्रविधियुक्त रकेट प्रणालीबाट गरिएकोे आक्रमणमा परी ५३ जना युक्रेनी युद्धबन्दीको मृत्युभएको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ । 

येलेनोभकामा सोधपुछ तथा हिरासत केन्द्रमा भएको आक्रमणको वस्तुनिष्ठ अनुसन्धान गर्न रूसी महासङ्घले औपचारिक रूपमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रसका अन्तर्राष्ट्रिय समितिका विशेषज्ञलाई आमन्त्रण गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ । 

युक्रेनी युद्धबन्दीलाई राखिएको ओलेनिभकाको हिरासतमा शुक्रबार बिहान युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको ‘हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम’का साथ गोलाबारी गरेको थियो । उक्त आक्रमणमा ४० युक्रेनी युद्धबन्दी मारिएका थिए भने ७५ जना घाइते भएका थिए । हिरासत केन्द्रका आठ कर्मचारीलाई पनि गम्भीर चोट लागेको थियो । रूसको क्षेत्रीय रक्षा निकायले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार उक्त आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने एकसय ३० जनाभन्दा बढी घाइते भएका छन् । 

रूसी रक्षामन्त्रालयले युक्रेनी आक्रमणलाई पूर्वनियोजित उत्तेजक काम भन्दै आफ्नो फौजले आत्मसमर्पण गर्न खोजेकाले उनीहरूलाई तर्साउन आक्रमण गरिएको बताएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले  घाइतेहरूको उद्धारमा सघाउने बताएको छ । संयुक्त राष्ट्रसङ्घले पनि उक्त आक्रमण अनुसन्धान गर्न भएको छ । राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले त्यसको पुष्टि गरेका छन् । 

डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रले आफ्नो रक्षा गर्न मद्दतको लागि रूससँग अनुरोध गरेपछि  फेब्रुवरी २४ मा मस्कोले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो । उसले किएभविरुद्ध थालेको सैन्य कारबाही युक्रेनी सैन्य पूर्वाधारमा मात्र लक्ष्यित रहेको र सर्वसाधारण युक्रेनी त्यसको जोखिममा नरहेका दाबी गर्दै आएको छ । 

यसैबीच, संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले सुरक्षा परिषद्को शुक्रबारको बैठकमा विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी थिइन् । उनले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क,  दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएर रूसले त्यसको आधार निर्माण गरिरहेको पनि उल्लेख गरेकी थिइन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending