Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रेस युनियनद्वारा प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग

बैठकमा ‘विनियमावली मस्यौदा तयारी समिति’ गठन गर्ने निर्णय

खबरडबली संवाददाता
काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसद्मा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ ।
 
यही साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा सम्पन्न युनियनको नवौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न र आम सञ्चार छाता ऐन निर्माण गर्नसमेत माग गरेको छ । काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले श्रमजीवी ऐन पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउने निर्णय गरेको महासचिव दिलीप पौडेलले जानकारी दिए  । 
 
यसैगरी बैठकले युनियनको हालै संशोधित विधानअनुसार नयाँ विनियमावली बनाउन केन्द्रीय उपाध्यक्ष भीष्मराज ओझाको संयोजकत्वमा पाँच सदस्यीय ‘विनियमावली मस्यौदा तयारी समिति’ गठन गर्ने निर्णय गरेको उनले बताए  । बैठकले नवौँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने निवर्तमान अध्यक्ष बद्री सिग्देल नेतृत्वको केन्द्रीय कार्य समितिसहित महाधिवेशन सम्पन्न गर्न सघाउने नेपाल प्रेस युनियनको मकवानपुर शाखा, देशभरका प्रेस युनियनकर्मी, निर्वाचन समिति, नेपाली कांग्रेसलगायत प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
 
बैठकले नवौँ महाधिवेशनबाट नेतृत्वमा आउने नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई ज्ञापन गर्दै नेतृत्व चयनको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनेलाई पनि यथोचित सम्मान व्यक्त गरेको छ । नवनिर्वाचित अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न बैठकले पत्रकारको तोकिएको न्यूनतम् पारिश्रमिक समयमै प्रदान गर्न सञ्चार प्रतिष्ठानलाई आग्रह गर्दै अहिलेको न्यूनतम् पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
 
पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुनःबहाली गर्न सम्बन्धित सञ्चारगृहको ध्यानाकर्षण गर्ने युनियनको निर्णय छ । युनियनले हेटौँडा महाधिवेशनबाट लम्सालको अध्यक्षतामा एक सय १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
 
विसं २०४८ मा स्थापित युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, ट्रेड युनियन अधिकार, श्रमजीवी पत्रकारको हकहित तथा क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको छ । युनियन विश्वभरका पत्रकारको साझा संस्था अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ ९आएएफजे०को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies