Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

वर्षाका कारण पाँच सडक पूर्ण र १३ आंशिक अवरुद्ध

खबरडबली संवाददाता

काठमाडौँ । वर्षाका कारण बाढीपहिरोले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंशिकरुपमा अवरुद्ध भएका छन् ।  वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रे भिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेको छ । 

मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ । रारा राजमार्गमा निरन्तर पहिरोका कारण अवरुद्ध भएकामा अहिले एउटा निजी स्काभेटर भाडामा लिएर सडक खुलाउने प्रयास भइरहेको छ । 

साँफेबगर–मार्तडी–कोल्टे सडकमा वर्षा र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउन सकिने र अहिलेका लागि वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको विभागले जनाएको छ । शहीद मार्ग खुलाउनका लागि स्काभेटर परिचालनको तयारी भइरहे पनि अरु स्थानमा पहिरो गएकाले सो खण्डमा पुग्न कठीन भएको छ । मौरी पुलमा वर्षाका कारण अझै धेरै टुक्राटुक्री जम्मा भए पनि हटाउनका लागि सो स्थानमा उपकरण परिचालन गरिएको छ । 

हाल १३ सडक एकातर्फी रुपमा मात्रै सञ्चालनमा रहेका छन् । कोसी राजमार्गको सम्माटार, पृथ्वी राजमार्गको बाँसबारी, त्रिभुवन राजपथको छत्तीस खोला, डुम्रे–बेँसीशहर–चामे सडकको उदिपुर, म्यार्दी भीरमा सडक अवरुद्ध रहेको छ । कोसी राजमार्गको फक्सिन्डा दोभानबाट बरुण खोलासम्मको सडक, अरनिको राजमार्गको कोदारी र बसेरी, पुष्पलाल राजमार्गको खहरे र दोबिल्ला, कर्णाली राजमार्गको जारकोटको सडक पनि एकातर्फबाट मात्रै खुलाइएको छ । विसं २०७९ यता हालसम्म १९ राजमार्गको १०९ स्थानमा अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमध्ये ८९ सडक खुलिसकेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending