काठमाडौं । आमाको दूध शिशुका लागि सर्वोत्तम मानिन्छ। यसबाट शिशुलाई पोषणमात्र होइन, अन्य विभिन्न फाइदा पनि पुग्छ । शिशुको वृद्धिका लागि आवश्यक पर्ने सबै तत्व आमाको दूधबाट प्राप्त हुन्छ ।
विश्व स्वास्थ्य संगठनले शिशुलाई जन्मदेखि ६ महिनासम्म स्तनपान गराउन ९एक्स्क्लुसिभ ब्रेस्टफिडिङ० गर्न सल्लाह दिन्छ । ६ महिनापछि मात्र स्तनपानका साथ ठोस आहार दिन सुरु गर्न सकिन्छ ।
स्तनपानले शिशुलाई कस्तो फाइदा पुग्छ ?
स्तनपान शिशुका लागि प्रकृतिको सबैभन्दा उत्कृष्ट आहार हो। यसमा पाइने तत्वहरुलाई शिशुले सजिलै पचाउन सक्छन्।
स्तनपानले शिशुको शरीरको तापक्रम सामान्य राख्न मद्दत गर्छ। न्यानो प्रदान गर्नुका अलावा आमा र बच्चाबीचको सम्पर्कले भावनात्मक सम्बन्धलाई मजबूत बनाउँछ।
स्तनपान गराउँदा आमाको दूधले शिशुलाई संक्रमणबाट लड्नबाट सहयोग गर्छ। यसमा एन्टिबडिज हुन्छन्, जसले ग्यास्ट्रोएन्टेराइटिस, रुघाखोकी, छातीमा संक्रमण र कानको संक्रमणबाट बचाउँछ ।
समयअगावै जन्मिएका कम तौलका शिशुको तौल वृद्धिका लागि पनि स्तनपान महत्वपूर्ण मानिन्छ । फर्मुला दूधको तुलनामा आमाको दूध शिशुले सजिलै पचाउँछन्। यसले शिशुलाई संक्रमणबाट सुरक्षित राख्नुका साथै आन्द्रा र फोक्सोको संक्रमण हुन दिँदैन । यस्ता संक्रमण समयअगावै जन्मिएका शिशुका लागि गम्भीर हुनसक्छ ।
आमाको दूधमा ‘लङ चेन पोलिअनस्याचुरेटेड फ्याट्टी एसिड’ हुन्छ, जो शिशुको मस्तिष्कको विकासमा अत्यन्त आवश्यक हुन्छ।
आमाको दूधमा लाभकारी (प्रोबायोटिक) ब्याक्टेरिया हुन्छ, जसले शिशुको पाचन प्रणालीमा हुने कुनै पनि प्रकारको पीडा या जलनलाई हटाउन सक्छ।
यसले ‘सडेन इन्फ्यान्ट डेथ सिन्ड्रोम (एसआईडीएस)’ को खतरालाई पनि कम गर्न मद्दत गर्छ ।
शिशु जन्मेको ६ महिनासम्म लगातार स्तनपान गराउँदा पहिलो वर्ष बिरामी हुँदा पनि चाँडो निको हुने सम्भावना हुन्छ । यस्तो कुराले आमालाई स्तनपान जारी राख्न प्रोत्साहन हुन्छ ।
स्तनपान निरन्तर जारी राख्दा शिशुको श्वास फुल्ने र गम्भीर एक्जिमा विकसित हुने खतरा कम हुन्छ । यस्तै ल्युकेमियाबाट पनि सुरक्षा मिल्न सक्छ ।
अलि ठूलो भएपछि जब शिशु बिरामी हुँदा केही खान मान्दैन भने पनि स्तनपानले निकै आराम मिल्छ ।
खोप लगाउँदा अधिकांश बालबालिका रुन्छन्। यस्तोमा स्तनपान गराउँदा उनीहरुलाई शान्त गराउन सकिन्छ ।
आमाको दूधले शिशुलाई अलग–अलग स्वादका लागि तयार गर्छ । आमाको खानाअनुसार स्तनदूधको स्वाद परिवर्तन हुनसक्छ। तर फर्मुला दूधमा यस्तो हुँदैन । यसैले ठोस आहार सुरु गर्दा शिशुहरुलाई स्वादको समस्या हुँदैन ।
ठोस आहारसँगै स्तनपान पनि जारी राख्दा खानाबाट हुने एलर्जीबाट पनि सुरक्षा मिल्छ ।
स्तनपान गर्ने शिशुमा बढी मोटोपना हुने या वयस्कको बेला मधुमेह हुने सम्भावना कम हुन्छ ।
आमालाई के फाइदा हुन्छ ?
स्तनपान गराउने आमाको गर्भाशय संकुचन भएर गर्भावस्थाअघिकै स्थितिमा ल्याउन मद्दत पुग्छ ।
यसबाट शिशु र आमाको सम्बन्ध थप मजबूत बन्छ र प्रसवपछिको डिप्रेसनबाट पनि बचाउँछ ।
आमाको तौल घटाउने र पुनः तौल बढ्नबाट रोक्न सहयोगी हुन्छ ।
टाइप टु डायबेटिज, स्तन क्यान्सर र ओभेरियन क्यान्सर हुने खतरा कम हुन्छ ।
स्तनपान निरन्तर गराउँदा ओस्टियोपोरोसिस र कार्डियोभास्कुलर रोगको खतरा कम गर्न मद्दत पुग्छ ।
फर्मुला दूध तयार गर्न गर्नुपर्ने झन्झट (बोत्तल र निप्पल धोएर स्टेरलाइज बनाउने) गर्नुपर्दैन। यसको कुनै मूल्य पर्दैन ।
स्तनपानले आमालाई व्यस्त दिनचर्याबाट फुर्सद दिलाउने, बस्ने र आराम गर्ने मौका दिलाउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: