जनकपुरधाम । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घट्ेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट भएकामा आर्थिक वर्ष २०७८/७९ मा १४ दशमलव १७ प्रतिशत चुहावट झरेको विद्युत् प्राधिकरणको जनकपुरधामस्थित प्रादेशिक कार्यालयले जनाएको छ ।
आर्थिक २०७८/७९ मा सबैभन्दा बढी सिमरौनगढ वितरण केन्द्रले नौ प्रतिशत, सिरहाको लिहान वितरण केन्द्र, धनुषाको यदुकाहा वितरण केन्द्र र महोत्तरीको जलेश्वर वितरण केन्द्रले आठ÷आठ प्रतिशत तथा सिरहाको मिर्चैया वितरण केन्द्रले चार प्रतिशत विद्युत् चुहाबट नियन्त्रण गरेको उक्त कार्यालयका प्रमुख ई मुनिन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार सिमरौनगढ वितरण केन्द्रले ५० दशमलव ७१ प्रतिशतबाट ४१ दशमलव चार प्रतिशतमा, लहान वितरण केन्द्रले ३३ प्रतिशतबाट २५ प्रतिशतमा, यदुकहा वितरण केन्द्रले ३४ दशमलव ७३ प्रतिशतबाट २६ दशमलव ३४ प्रतिशतमा, जलेश्वर वितरण केन्द्रले ४३ प्रतिशतबाट ३५ प्रतिशतमा र सिरहाको मिर्चैया वितरण केन्द्रले सात दशमवल छ प्रतिशतबाट चार दशमलव ८० प्रतिशतमा विद्युत् चुहावट झारेको छ ।
विद्युत् चुहाबटको दृष्टिकोणले सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१/४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५/३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको उक्त कार्यालयले जनाएको छ ।
औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार ९६७ ग्राहकमाथि कारबाही गर्दा रु छ करोड ६४ लाख ३२ हजार ८५८ महसूल सङ्कलन भएको थियो । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ७९० जनालाई पक्राउ गरी कारबाही गरिएको थियो । यस्तै मधेस–प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २६ हजार ५५३ ग्राहकको विद्युत् लाइन काटिएकामा २१ हजार ४८८ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु ८४ करोड ६७ लाख २४ हजार १५८ बक्यौता असूली भएको छ ।
विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढ्ेकाले विद्युत् लाइन काटने अभियान चलाइएको प्रमुुख ठाकुरको भनाइ थियो ।
महसुल सङ्कलनको हिसाबले आर्थिक वर्ष २०७८/७९ मा मधेस–प्रदेशमा सबैभन्दा बढी धनुषाको यदुकाँहा वितरण केन्द्रले १०४ प्रतिशत, सप्तरीको कञ्चनपुर वितरण केन्द्रले १०० प्रतिशत, सर्लाहीको मलङगवा, लालबन्दी र रौतहटको मौलापुर वितरण केन्द्रले १०१ प्रतिशत र जनकपुरधाम वितरण केन्द्रले ९९ दशमलव ९९ प्रतिशत विद्युत् महसुल सङ्कलन गर्न सफल भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा मधेस–प्रदेशमा एक अर्ब ९१ करोड युनिट अर्थात १७ अर्ब ३१ करोड मूल्य बराबरको विद्युत् बिक्री हँुदा रु १५ अर्ब ७७ करोड महसुल सङ्कलन भएको थियो । मधेस प्रदेशमा विद्युत्का नौ लाख ८३ हजार २३ ग्राहकमध्ये ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत ग्राहस्थ ग्राहक रहेका थिए । मधेस प्रदेशका पहाडी भेगका केही बस्ती बाहेक करिब ९९ दशमलव ९८ प्रतिशतमा विद्युत् सेवा पुगिसकेको छ, भने बाँकी स्थानमा पनि विद्युत् जडानको काम भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: