चितवन । बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य बस्तुको राहत दिने सम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित किसानले राहत नपाउने भएपछि यस पटक मन्त्रिपरिषद्मा निर्णय गरी राहत दिन लागिएको हो ।
मापदण्ड पारित भएपछि मात्र लागू हुने भएकाले यस अघिका प्रभावित किसानको तथ्याङ्क सङ्कलन गरी यस पटकका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको हो । पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार देशभरका १६ जिल्लामा बर्डफ्लुुको प्रभाव देखिएको छ ।
ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको समितिले दररेट निर्धारण गर्ने छ । चार जिल्ला बाहेक अन्य जिल्लाबाट क्षतिको विवरण विभागमा पुगिसकेको ढकालले बताए । बाँकी ती जिल्लामा छिटो गर्न ताकेता गरिएको छ । बाँकी जिल्लाबाट विवरण आएसँगै विभागले कृषि तथा पशुपक्षी विकास मन्त्रालय फाइल पठाउने छ ।
ढकालले भने, “हामी सकेसम्म साउनमानै मन्त्रिपरिषद्मा फाइल लगेर राहत दिने गरी तयारीमा जुटेका छौँ ।” आवश्यक कागजात तयार भएकाले चार जिल्लाको क्षतिपूिर्तको विवरण आएसँगै मन्त्रिपरिषद्मा पठाउने तयारी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत दिनेसम्बन्धी मापदण्ड–०७९’ पारित भएसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो ।
बर्डफ्लु देखिएपछि नियन्त्रणका क्रममा पक्षी, पक्षीजन्य पदार्थ र पक्षी उत्पादन सामग्री नष्ट गर्ने गरिन्छ । बर्डफ्लु नियन्त्रण नियमावली २०७८ मा राहतसम्बन्धी व्यवस्था उल्लेख भए पनि मापदण्ड स्वीकृत नहुँदा कार्यान्वयन हुन ढिलाइ भएको थियो । क्षतिको रकम निर्धारण गरी त्यसको ७५ प्रतिशत रकम राहत उपलब्ध गराउने व्यवस्था मापदण्डमा गरिएको छ ।
मापदण्डमा दररेट निर्धारण समितिले प्रत्येक आर्थिक वर्षको साउनभित्र प्रचलित बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्ने व्यवस्था उल्लेख छ । मापदण्ड बनेसँगै क्षतिपूर्ति निर्धारण गर्ने बाटो खुलेको हो । गत वर्षको माघ ११ गते मोरङ्को ग्रामथान गाउँपालिकामा पहिलो पटक बर्डफ्लु देखिएको थियो । ढकालका अनुसार चितवन र काठमाडौँ बर्डफ्लुूबाट बढी प्रभावित बनेको छ ।
बर्डफ्लुबाट रु ६५ करोड हाराहारीको क्षति भएको अनुमान गरिएको छ । सरकारले ७५ प्रतिशत क्षतिको रकम दिँदै गर्दा रु ५० करोड भन्दामाथि रकम आवश्यक पर्ने अनुमान रहेको छ । बाँकी चार जिल्लाको विवरण आएसँगै वास्तविक तथ्याङ्क आउने ढकालले बताए ।
क्षतिपूर्तिीका लागि सहमतिसहित थप रकम व्यवस्था गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको हो । मापदण्ड पारित भएपछि अब भने बर्डफ्लुबाट भएका क्षतिको राहत उपलव्ध गराउन सहज हुने छ । बर्डफ्लुुबाट कुखुरा मारिएको लामो समयसम्म राहत नपाउँदा किसानका खोर खाली रहेका छन् ।
बैंकबाट ऋण लिएर सञ्चालन भएका व्यवसायी थप प्रभावित बनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: