Khabar Dabali १५ आश्विन २०७९ शनिबार | 1st October, 2022 Sat

सरकार सबै क्षेत्रको भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ– सञ्चारमन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताएका छन् । 

नेपाल कुशवाहा कल्याण समाजको ३१औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले संवृद्ध नेपाल निर्माणका लागि समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड दिए  । 

उनले भने, “देशका विभिन्न जातजाति, भाषाभाषीको समुचित विकास भए मात्र देशको विकास हुन्छ, देशको विकासका निम्ति हिमाल, पहाड, तराईको विकास हुनुपर्छ ।” सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो । उनले  कुशवाहा समुदायले मुलुक परिवर्तनमा पु¥याएको योगदानको चर्चा गर्दै संवृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुने बताए  । 

समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरुले कुशवाहा समुदायलाई टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिए  ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट १९ जननको मृत्यु

काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको ...

ग्यास चुहिएर आगलागी हुँदा १७ लाख बराबरको क्षति

झापा । मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उप...

गाउँपालिकाद्वारा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान

बलेवा । लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्केका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै...

आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ  । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० व...

महामन्त्री थापा भन्छन्– डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं...

चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन नि...

म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

म्यानमार । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः ५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।भू...

महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज सार...

ह्वात्तै ७५ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको खपत

काठमााडौँ । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेक...

पूर्वराष्ट्रपति डा यादवको प्रश्न– के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त ?

भक्तपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त भनेर प्रश्न गरेका छन् ।    आज काठमाडौँको काँडाघारीस्थित नेपाल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page