Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

महानगरपालिकाद्वारा विकासको निमित्त विज्ञहरूसँग छलफल सुरु

खबरडबली संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले छुट्टै योजना आयोग बनाएर आफ्नो क्षेत्रको वृहत्तर विकास गर्ने योजना बनाएको छ । विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसँगको छलफलमा सो धारणा अघि सारिएको  हो ।

महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरिएकामा सहभागीले सबैलाई करको दायरामा ल्याएर महानगरको आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरको पहिचान झल्कने गरी योजना सञ्चालन गर्नसमेत सुझाव दिए ।

पहिलो चरणमा बुद्धिजीवी र विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध व्यक्तिहरूलाई प्रतिनिधिमूलक रुपमा छलफलमा सहभागी गराइएको थियो । छलफलमा प्रा डा पीके झा, अर्थविद् डा भेषप्रसाद धमला, वरिष्ठ अधिवक्ता भरत थापा, विनयराज पाण्डे, महेन्द्र मोरङ क्याम्पसका प्रमुख प्रा डा बाबुराम तिम्सिना, बुद्धिजीवी दिनेश श्रेष्ठ, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, महासचिव यज्ञ शर्मा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याल, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, साहित्यकार रामबाबु दाहाल, एविसी नेपालकी अध्यक्ष विष्णु शर्मा, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल, युवा अभियन्ता वसन्त अधिकारीलगायतले महानगरको विकासका लागि आ–आफ्ना सुझाव दिएका थिए  ।

महानगर प्रमुख नागेश कोइरालाले महानगर योजना आयोग बनाएर विराटनगरको वृहत्तर विकासमा लाग्ने जनाए ।“महानगरको छुट्टै योजना आयोग बनाएर विकासको मोडल तयार गर्ने हाम्रो योजना छ,” उनले भने, “त्यसका लागि हामी गृहकार्यमा छौँ, अब विराटनगर यथास्थितिमा बस्न सक्दैनन् । हामी आएको पनि तीन महिना पूरा भएको छैन, अझै धेरै कुरा बुझिसकेका छैनौँ ।’’

महारको आवधिक योजनाका लागि प्रारम्भिक सुझाव सङ्कलन भएको उनको भनाइ थियो  । बढीभन्दा बढी प्रविधि प्रयोग गरेर सेवाग्राहीको सहजताका लागि महानगरले काम गर्ने उपप्रमुख शिल्पा निराला कार्कीले जनाए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending