Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

चौबीस जिल्लामा सतप्रतिशत रोपाइँ

खबरडबली संवाददाता
काठमाडौँ । यसवर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रुपमा सकिएको छ । नेपालमा हिमाल पारीका दुइजिल्ला मनाङ र मुस्ताङ बाहेक ७५ जिल्लामा रोपाइँ सकिएको छ । चौबिस जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।  नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ । यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा १० जिल्ला छन् । 
 
उक्त प्रदेशका जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र जाजरकोटमा सत्प्रतिशत रोपाइँ भएको छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । त्यहाँ यस वर्ष ८४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भए पनि  ८७ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्नसकिन्छ । संसारको सवैभन्दा उच्चस्थानमा धानखेती हुने जुम्ला जिल्लाको छुमचौर हो ।  सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपार जोन घोषणा गरेको छ ।
  
कर्णाली प्रदेशमा ९९ प्रतिशत  रोपाइँ हुँदा ३८ हजार तीनसय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कूल ३८ हजार ८८६ हेक्टर जमिनमा  धान रोपाइँ गर्न सकिने  कर्णालीलाई  सुख्खा प्रदेश भनिन्छ  तर यसवर्ष समयमा वर्षा भएकाले कर्णाली भोकमरीको चपेटामा नपर्ने संकेत देखिन्छ ।   नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व छ । धानको उत्पादन बृद्धि हुदा अर्थतन्त्र बलियो हुन्छ भने  उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा असर पर्छ । उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । कृषि क्षेत्रको उत्पादनमा  धानको योगदान १२ प्रतिशत  छ । 
 
यसवर्ष प्रदेश नं। १ को सोलुखुम्बु, ओखलढुङ्गा, वाग्मती प्रदेशको धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, वाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको बर्दिया, र सुदूरपश्चिम क्षेत्रको दार्चुला, बझाङ, बाजुरा र कञ्चनपुरमा सतप्रतिशत रोपाइँ भएको छ ।  “यसवर्ष हामी खुसी छौँ ।” भक्तपुरका  अगुवा किसान रामकृष्ण ढकालले भन्नुभयो ।  जेठ १५  देखि नै  मनसुन सक्रिय भइ समयमा रोपाइँ भएकाले यसवर्ष धेरै किसान खुसी देखिएका छन् । मौसमले साथ दिएपनि अझैसम्म केही किसानले  रासायनिक मल भने पाउन सकेका छैनन् । 
 
गतवर्षको यसै अवधिमा ९७ प्रतिशत  क्षेत्रफलमा रोपाइँ भएको थियो ।  गत वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाई भएको थियो तर यसवर्ष सोही अवधिमा १४ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षभन्दा यसवर्ष ७४ हजार ३१२ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ ।  । नेपालमा झन्डै १६ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ ।    यसवर्ष कर्णाली प्रदेश र  सुदूर पश्चिममा ९९ प्रतिशत,  लुम्बिनीमा ९०, वाग्मतीमा ९७, मधेश प्रदेशमा ९३ र प्रदेश १ मा पनि ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ  भएको छ । नेपालको प्रमुख खाद्यन्न बाली  धान हो । नेपालमा चैते धान, वर्षे धान  र घैया धानको रोपाइँ हुदै आएको छ । 
 
आव २०६०।०६१ देखि २०७८।०७९ सम्म को तथ्याङ्कलाई केलाउदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा निर्भर देखिन्छ । जुन वर्ष मौसम अनुकुल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकुल नभएका बखत धानको उत्पादन घटेको पाइन्छ ।    संसारका आधा जनसंख्याको मुख्य खाना चामल हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र  खपत हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दा बढी देशमा  आठ सय ६४ थरीका धानका बीऊ सिफारिस भएका छन् । नेपालमा  ८६  उन्नत  र सात  रैथाने जातको बीऊबाट उत्पादन गरिदै आएको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies