Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता

खबरडबली संवाददाता

सुदूरपश्चिम । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएका मतदाता प्रदेशमा यहीँ साउन १९ गतेसम्म जम्मा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ  । 

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीको शिलशिलामा सङ्कलित मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्बन्धी कार्यतालिका आयोगले सार्वजनिक गरेसँगै प्रदेश निर्वाचन कार्यालयले  गर्नुपर्ने तयारीसम्बन्धी काम सुरु गरिसकेको छ । ‘‘निर्वाचनका लागि गर्नुपर्ने तयारी सुरु गरिसकेका छौँ’’, निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भने, ‘‘यस क्रममा मतपेटिकालगायत निर्वाचन सामग्रीको जाँच गर्ने, रुजु गर्ने र ती सामग्री सरसफाइ गर्नेलगायत काम गरिरहेका छौँ ।’’

कार्यालयका अनुसार गत वैशाख ३० गतेपछि थपिएका नयाँ मतदातामा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय ३० छन् । कञ्चनपुरमा नौ हजार आठ सय २८, बाजुरामा एक हजार तीन सय ६४, अछाममा चार हजार ८०, डोटीमा दुई हजार एक सय ७२, बझाङमा एक हजार छ सय ५९, डडेलधुरामा दुई हजार दुई सय ५८ बैतडीमा दुई हजार आठ सय छ र दार्चुला जिल्लामा एक हजार छ सय ६४ नयाँ मतदाता थपिएका छन् । 

नयाँ थपिएका कैलालीमा सबैभन्दा बढी पाँच लाख ३६ हजार पाँच सय ५५ मतदाता र सबैभन्दा कम बाजुरामा ८४ हजार ५४ मतदाता पुगेका छन् । 

कञ्चनपुरमा तीन लाख पाँच हजार १४२, अछाममा एक लाख ६० हजार ३६०, डोटीमा एक लाख २५ हजार सात सय २६, बझाङमा एक लाख २३ हजार सात सय ९६, डडेलधुरामा ९२ हजार तीन सय ७७, बैतडीमा एक लाख ५१ हजार चार सय १२ र दार्चुला जिल्लामा ८९ हजार नौ सय ४९ मतदाता पुगेका छन् । 

गएको स्थानीय तहको निर्वाचनमा प्रदेशमा जम्मा १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो  प्रदेशमा १४ लाख ३५ हजार छ सय ७४ मतदाता रहेका थिए । नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि दोस्रो पटक आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । स्थानीय तहमा दोस्रो कार्यकालका लागि गएको वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र कायम छन् । जनसङ्ख्याको दृष्टिले तराईका जिल्ला कैलालीमा र कञ्चनपुर ठूला जिल्ला हुन् । प्रतिनिधिसभाका कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेका छन् । पहाडी जिल्लामा अछाममा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र अन्य छ जिल्लामा एक/एक निर्वाचन क्षेत्र कायम छन् । हालैको जनगणनाको प्रारम्भिक तथ्याङ्कका अनुसार यो प्रदेशको जनसङ्ख्या २७ लाख ११ हजार २७० पुगेको छ । विसं २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार पाँच १७ थिया

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending