सप्तरी । सप्तरीमा स्थानीय तह निर्वाचनका चार सय ८४ उम्मेदवारले मात्र निर्वाचन खर्चको विवरण बुझाएका छन् । निर्वाचनका बेला गरेको खर्चको विवरण बुझाउनेभन्दा नबुझाउने उम्मेदवारको सङ्ख्या दशाँै गुणा बढी छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार चार सय ८४ उम्मेदवारले खर्चको विवरण बुझाएकामा नबुझाउनेको सङ्ख्या पाँच हजार ५१ छ । निर्वाचन आयोग ऐन २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।
सजिलोका लागि राजनीतिक दल र उम्मेदवारका साथै तिनका प्रतिनिधिले समेत आयोगले तोकेको कार्यालय अर्थात् जिल्ला वा प्रदेश निर्वाचन कार्यालयसमक्ष खर्च विवरण बुझाउन सक्ने व्यवस्था भएकामा जिल्लाका अधिकांश उम्मेदवारले तीन महिना बित्दासम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा कूल आठ सय ५६ पदका लागि पाँच हजार पाँच सय ३५ जना प्रतिस्पर्धामा उत्रिएका थिए । ती उम्मेदवारमध्ये चार सय ८४ जनाले मात्रै खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताले बताए ।
“ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा पेस गर्न भनेको छ” उनले भने, “तर आजसम्म चार सय ८४ जनाले मात्रै खर्च विवरण बुझाएका छन् ।” यसरी खर्च विवरण बुझाउनेमा तीन सय ४१ पुरुष र एक सय४३ महिला उम्मेदवार छन् ।
निर्वाचित प्रमुखलेसमेत बुझाएनन् खर्च विवरण
जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ पालिकामा एक सय ६४ वडामा आठ सय ५६ जना निर्वाचित भएका छन् । निर्वाचितमध्ये एक सय ६८ जनप्रतिनिधि र निर्वाचित नभएका तीन सय १६ उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।उक्त कार्यालयको तथ्यांकअनुसार १२ वडा रहेको कञ्चनरूप र ११ वडा रहेको सप्तकोशी नगरपालिकाका कुनै पनि उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् तर जम्मा ५ वडा रहेको तिरहुत गाउँपालिकाका पराजित अध्यक्षका एक उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।
प्राप्त तथ्याङ्क अनुसार निर्वाचित प्रमुख पदका उम्मेदवारलेसमेत तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् । राजविराज, शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबैले निर्वाचन खर्च विवरण नबुझाएका हुन् । रूपनी, बलान बिँहुल, तिरहुत र अग्निसाइर कष्णसवरन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि खर्च विवरण बुझाएका छैनन् । यसैगरी हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख र छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष, खडक नगरपालिकाका उपप्रमुख, राजगढ र विष्णुपुर गाउँपालिकाका उपाध्यक्षले समेतखर्च विवरण नबुझाएको बताइएको छ ।
खर्च विवरण बुझाउने उम्मेदवारमा राजविराज नगरपालिकाका एक सय एक, बोदे बर्साइन नगरपालिकाका ७५, छिन्नमस्ता गाउँपालिकाका ६१ र हनुमाननगर कङ्कालिनी नगरपालिकाका ५१ जना छन् । राजगढ गाउँपालिकाका ४६, महादेवा गाउँपालिकाका ४२, तिलाठी कोइलाडी गाउँपालिकाका ३८ उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन् । डाक्नेश्वरी नगरपालिकाका १९, विष्णुपुर गाउँपालिकाका १८, खडक नगरपालिकाका नौ, शम्भुनाथ नगरपालिका र रूपनी गाउँपालिकाका छ÷छ, अग्निसाइर कृष्णसवरन गाउँपालिकाका पाँच, सुरुङ्गा नगरपालिका र बलान बिँहुल गाउँपालिकाका तीन÷तीन तथा तिरहुत गाउँपालिकाका एक उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: