काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनका विभिन्न आयाममध्ये नेपाली कलासंस्कृति पनि एक महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । नेपाल व्यावसायिक कलाकार सङ्घले आज आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम’ नामक पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
विश्व सम्पदा सूचीमा परेका हनुमानढोकास्थित दरबार क्षेत्र र स्वयम्भूसम्मको दूरीलाई पदमार्गस्थलका रुपमा व्यवस्थित गरी सम्पदामार्गदेखि सम्पदामार्गसम्मको कार्यक्रमको प्रक्रियासमेत सुरु गरिएको जानकारी दिए । काठमाडौँ उपत्यकाका विभिन्न सात सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएकामा यी दुवै स्थान पर्ने र करिब तीन किलोसमटरको दूरीमा रहेको उनको भनाइ थियो ।
पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार ल्याउँदै मन्त्री श्रेष्ठले संस्कृतिको संरक्षण र प्रचार–प्रसारलाई योजनावद्ध रुपमा अगाडि बढाइएको बताए । काठमाडौँमा विभिन्न जात्रा पर्व तथा सांस्कृतिक चाडपर्व र सम्पदाहरू पर्यटकीय आकर्षणका दृष्टिले महत्वपूर्ण रहेकाले तिनको संरक्षण र सांस्कृतिक विविधतालाई प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए । कलाकार द्यःलाले शिवशङ्करको पुराणमा आधारित चित्रहरूमार्फत शिवको महिमा पुस्तकमा चित्रण गरेका छन् । सो अवसरमा वरिष्ठ कलाकार मदन चित्रकारलाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: