Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

इरानसँगको आणविक सम्झौता प्रयास जारी, यसै साता बैठक हुने: ईयू

खबरडबली संवाददाता

म्याड्रिड । इरानले युरोपेली सङ्घ (ईयू) को प्रस्तावमा आफ्नो प्रतिक्रिया जनाएपछि इरानसँगको आणविक सम्झौताको पुनःउत्थानका लागि सम्भावित बैठक यसै साता हुनसक्ने युरोपेली सङ्घ (ईयू) का उच्च कूटनीतिज्ञले सोमबार बताएका छन् ।

इरानको आणविक महत्वाकाङ्क्षालाई नियन्त्रण गर्ने उद्देश्यले सन् २०१५ मा विश्व शक्तिराष्ट्र र तेहरानबीच भएको सम्झौता (जेसीपीओए)लाई पुनर्जीवित गर्ने प्रयास महत्वपूर्ण मोडमा छ । जेसीपीओएका अन्य पक्षहरूमा बेलायत, चीन, फ्रान्स, जर्मनी र रूस रहेका छन् ।

“गत साताको अन्त्यमा भियनामा बैठक बस्ने तय भएको थियो, तर त्यो सम्भव भएन । यो हप्ता बैठक हुन सक्छ,” ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनको सान्टान्डरमा भएको पत्रकार सम्मेलनमा बताए  । 

यसै महिनाको सुरुमा बोरेल र उनको टोलीको समन्वयमा एक वर्षभन्दा लामो वार्तापछि ईयूले ‘अन्तिम’ प्रस्तावको प्रस्तुत गरेको थियो ।

सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता कर्तामध्येको एक संयुक्त राज्य अमेरिका फिर्ता भएको घोषणा गरेपछि इरानले पनि आफ्ना लागि मात्र मान्य नभएको भन्दै क्रमशः सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो । त्यसपछि सम्झौता सङ्कटमा परेको थियो । विश्व शक्ति राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई यसमा फिर्ता ल्याएर इरानसँगको आणविक सम्झौतालाई पूर्ण रूपमा पुन ः स्थापित गर्ने लक्ष्य राखेको छ । 

अमेरिकी उक्त कदमपछि इरानले जेसीपीओएअन्तर्गतका आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन बाध्य भएको भन्दै र युरेनियमको भण्डारलाई निरन्तर रूपमा जारी राख्दै हतियार–ग्रेड स्तरको नजिक पु¥याएको थियो ।

बोरेलले वार्ता सकेसम्म अघि बढेको र ‘यो नै सहमतिको विन्दु भएको’ बताएका छन् । 

बोरेलले भने, “अमेरिकाले अहिलेसम्म औपचारिक जवाफ दिएको छैन । तर हामी उनीहरूको प्रतिक्रियाको पर्खाइमा छौँ र मलाई आशा छ कि प्रतिक्रियाले हामीलाई वार्ता समाप्त गर्न अनुमति दिनेछ ।”  

उनले भने, “मलाई सहमतिको आशा छ, तर म तपाईंलाई पूर्ण आश्वासन दिन सक्दिन ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies