Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी

खबरडबली संवाददाता

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा–१  कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन्  । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । 

“बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने, उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसीबाख्रा छन् । सुरूआतमा बुढाथोकीले चार बाख्रा र स–साना पाठापाठीबाट व्यावसाय थालेका हुन् । हाल उनको  फार्ममा बग्रेल्ती खसीबाख्रा देख्न सकिन्छ । बुढाथोकी परिवार खसीबाख्रा र पाठापाठी खरिद बिक्रीबाट मनग्य आम्दानी आर्जन गर्दै आएको छ ।  

बुढाथोकी जिल्लामै अगुवा र मेहेनती कृषकका रूपमा परिचित छन् । उनलाई व्यवसायमा अघि बढ्न बुवा खगेन्द्रको पनि भरपर्दो  साथ सहयोग रहेको छ । “गाई, भैँसी र कुखुरासमेत पालेको छु”, उनले भने । स्वदेशमै बसेर कृषि फार्म सञ्चालन गरेका बुढाथोकीले केहीलाई रोजगारीसमेत प्रदान गरेका छन् । बाह्र कक्षासम्म अध्ययन गर्नुभएका उहाँले फार्म विस्तारको योजना बनाएका छन्  ।  

चार बिघा जमिनमा खेतीपाती गर्दै बुढाथोकीले खसीबाख्रा र गाईभैँसीका लागि घाँस परालको जोहोसमेत गरेका छन् । कृषि पेशाका लागि कहीँकतैबाट अहिलेसम्म सहयोग पाउन नकसेको उनले बताए  । “सरकारले अनुदान उपलब्ध गराएर युवा जनशक्तिलाई कृषि पेशामा लाग्न हौसला दिनुपर्छ”, बुढाथोकीले जनाए । बाख्रापालनकै आम्दानीले घरपरिवारको खर्च टारेर छोराछोरीलाई समेत शिक्षादिक्षा दिन सफल भएको नउको भनाइ छ । उनको कर्मले गाउँमा अरूलाई पनि हौसला मिलेको छ । 

सुन्दरहरैंचा नगरपालिकाको उत्तरतर्फ चारकोशे झाडी छ । त्यहाँ बाख्रापालन गर्न कृषकलाई सहज छ । सुन्दरहरैँचा नगर क्षेत्रमा हाल ९८ बाख्रापालनको फार्म दर्ता छन् । नगर पशु चिकित्सक जीवन चापागाईँ बाख्रापालकलाई मुख्यरूपले छेरूवा, नाम्ले, जुका, घाउ हुने, ज्वरो आउने, पेट ढाडिनेलगायत समस्याले दुःख दिने गरेको बताए । “यसतर्फ कृषक सचेत रहन जरूरी छ”, उनले बताए  । कृषि फार्म दर्ता गरेर अघि बढ्न चाहने कृषकका लागि विविध कार्यक्रम अघि बढाउने योजना रहेको नगरप्रमुख केदारप्रसाद गुरागाईँले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies