Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित

खबरडबली संवाददाता

पाल्पा । इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरूपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् । 

आर्थिक वर्ष २०७८/७९ मा तीन हजार नौ ७८ जनाले  नागरिकता बनाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो । गत आवमा नागरिकता लिएकामध्ये एक हजार नौ सय ८९ पुरुष र एक हजार नौ सय ८९ महिला छन् । नियमितरुपमा कार्यालय प्रमुख बसेर सेवा दिन थालेपछि  नागरिकता बनाउने बढेका हुन् । 

पहिला–पहिला हप्ताको दुई दिन जिल्ला प्रशासन कार्यालय पाल्पाबाट टोली आएर नागरिकता वितरण गर्ने गरिन्थ्यो । अहिले दैनिकरूपमा कार्यालयबाटै सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम तानसेन जानुपर्ने झन्झट हटेको छ । दैनिकजसो कम्तीमा २० देखि ५० सम्म नागरिकता वितरण गरिने कार्यालय प्रमुख भगवान भक्त अर्यालले जानकारी दिए । 

“स्थानीय तहको निर्वाचन, सङ्घ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै जानु, राष्ट्रिय परिचय पत्र वितरण लगायतले गर्दा नागरिकता बनाउन आउने बढेका छन्, गाउँमै सुविधा भएपछि उमेर पुग्ने बित्तिकै नागरिकता बनाउन आउने क्रम बढिरहेको छ”, कार्यालय प्रमुख अर्यालले भने ।  उनका अनुसार कार्यालयबाट आव २०७८/७९ मा दुई जनालाई अंगीकृत नागरिकता वितरण गरिएको छ भने नागरिकता प्रतिलिपि एक हजार नौ सय ९६ लाई प्रदान गरिएको छ । आठ सय ७५ पुरुष र एक हजार एक सय २१ महिलाले नागरिकताको प्रतिलिपि लिएका छन् । नाबालक परिचय पत्र २५, राहदानी द्रुत सेवा सिफारिस १४०, आदिवासी जनजाति प्रमाणित २८९, दलित प्रमाणित ६३, मुस्लिम प्रमाणित एक, संस्था नवीकरण ३५ र २७ जनाले नामथर प्रमाणित गराएका छन् ।

पहिला सदरमुकाम तानसेन जाने समस्याले उमेर पुगे पनि अति आवश्यक परिस्थिति नहुँदासम्म नागरिकता बनाउने कार्यमा नागरिकले चासो दिइएको पाइँदैनथ्यो । तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयले सेवा दिन थालेपछि पूर्वी पाल्पाका नागरिकलाई ठूलो राहत मिलेको छ । 

सामान्य कामका लागि सदरमुकाम नै धाउनुपर्दा निकै सास्ती खेप्नुपर्ने तथा भनेको समयमा काम नबन्दा बास नै बस्नुपर्ने अवस्था खेपेका नागरिकले गाउँबाटै सेवा पाउँदा राहतको अनुभूति भएको सेवाग्राही ओमप्रकाश बस्याल बताउछन् । “बेला बेलामा कार्यालय प्रमुख विहीन, बाहिरका कार्यालय प्रमुख हुदा काम विशेष र विदाका समय अन्यत्र जाने, घर बिदाजस्ता समस्याले कार्यालयमा प्रमुख नहुँदा तानसेन नै जानुपर्थ्यो, अहिले स्थानीय कार्यालय प्रमुख भएकाले नियमितरुपमा कार्यालयमा आउने बित्तिकै सेवा पाइएको छ”, उनले भने

कार्यालयमा आएको केही समयमा नै छिटो र प्रभावकारी सेवा पाउँदा चुरामणि ठाडा दङ्ग हुनुहुन्छ । यसभन्दा अघि नागरिकता बनाउन, विभिन्न कामका लागि तानसेन गएर सेवा लिन चार÷पाँच घण्टाको बाटो गाडीमा यात्रा, बास बसेर काम सकाएर फर्कदा धेरै खर्चिलो र झमेला बेहोर्नु परेको स्मरण गर्दै अहिले सबै सेवा सुविधा गाउँमै पाएको उनी बताउछन्।

पहाडको बाटो पानी पर्दा हिलाम्य सडक, ठाउँ ठाउँमा पहिरो खस्ने, सवारी साधन कमै मात्रामा तानसेन रामपुरका लागि गुड्थे । तानसेनमा होटलमा बास नबसी भरसक काम सकाएर एकै दिनमा फर्कन अप्ठ्यारो हुन्थ्यो । सडक व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम मोल्दै विभिन्न समस्या र बाध्यतालाई थिचोल्दै जानुपर्ने समस्या सदाका लागि पूर्वी पाल्पावासीलाई अन्त्य भएको स्थानीयवासी मोहनप्रसाद भट्टराई बताउछन् ।

नागरिकता बनाउन सदरमुकाम आउन जानको झन्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगे लगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies