Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

सामाजिक सुरक्षा कोष : यी चार प्रकारका सापटी लिन सकिने

खबरडबली संवाददाता

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले रु दुई करोड बढी विशेष सापटी लिएका छन् । कोषले ३६ महिना योगदान गरेका योगदानकर्तालाई एक साताअघिदेखि विशेष सापटी प्रदान गर्न थालेको थियो । विशेष सापटी लिनेमा सबैभन्दा बढी मोरङका योगदानकर्ता छन् । यसबीचमा ८० बढी योगदानकर्ताले विशेष सापटी लिएको कोषले जनाएको छ । 

कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमको ८० प्रतिशत विशेष सापटी लिन सक्नेछन् । सामाजिक सुरक्षा कोषमा श्रमिकका तर्फबाट ११ प्रतिशत र रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था छ । तीन वर्ष योगदान गरेका करिब ७०० जना विशेष सापटीका लागि योग्य देखिएका छन् ।  

कोषमा प्राप्त श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकमलाई विभिन्न चार योजनामा बाँडिएको छ । एक प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०।२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना तथा २८.३३ प्रतिशतलाई वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको छ । 

वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको २८.३३ प्रतिशतलाई ‘ब्रेक डाउन’ गरी निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत रकम जम्मा गर्ने गरिएको छ । अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशत योगदानकर्ताले विशेष सापटीका रुपमा पाउने व्यवस्था गरिएको छ । 

वि.सं २०७८ असार मसान्त अगाडि कोषमा सूचीकृत भएका योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने २८.३३ प्रतिशत रकमको ८० प्रतिशत नै विशेष सापटी पाउनेछन् । विसं २०७८ साउनदेखि योगदान गरिरहेका योगदानकर्ताले भने अवकाश योजनाअन्तर्गत जम्मा भएको ८.३३ प्रतिशत रकमको ८० प्रतिशत सापटी पाउने कोषले जनाएको छ । कोषले विशेष सापटी रकममा आठ प्रतिशत व्याज लिने गरेको छ ।

योगदानकर्ताले कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी लिन सक्नेछन् । विशेष सापटीका लागि अनलाइनबाटै आवेदन दिन सकिने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । तीन वर्ष लगातार कोषमा योगदान गरिरहेका र उमेर वा सेवा अवधिका कारण अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताले घर तथा शैक्षिक सापटी प्राप्त गर्न सक्नेछन् । नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न योगदानकर्ताले कोषबाट सापटी लिन पाउने छन् । 

धितो मूल्याङ्कनबाट कायम भएको रकममा बढ्ने गरी रु ७५ लाख, योगदानकर्ताको १५ वर्षको तलब वा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब जुन कम हुन्छ सोही बराबर घर सापटी प्रदान गर्न सकिने योगदानकर्ता सापटी निर्देशिकामा उल्लेख छ । घर सापटी लिएका योगदानकर्ताले पहिलो किस्ता लिएको बढीमा २० वर्षभित्र सापटी चुक्ता गरिसक्नुपर्ने कोषले जनाएको छ । 

औद्योगिक करिडोरमा रहेका रोजगारदाता र श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषले केही दिनअघि विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना गरेको थियो । कार्यालयबाट रोजगारदाता तथा श्रमिकको सूचीकरण, अस्पताल आबद्धता, कोषले सञ्चालनमा ल्याएका योजना तथा विशेष सापटीको दाबी भुक्तानीलगायतका सेवा प्रवाह हुनेछन् ।

विसं २०६७ चैत १७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । कोष सञ्चालक समितिले बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको प्रवक्ता पन्थीले जानकारी दिए । कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो । कोषमा हालसम्म १७ हजार तीन सय २२ रोजगारदाता र तीन लाख ५५ हजार छ सय ७६ योगदानकर्ता सूचीकृत भएका छन् । 

दुई लाख ५० हजार बढी योगदानकर्ताले कोषमा नियमित योगदान गरिरहेका छन् । कोषमा हालसम्म रु २२ अर्ब ३४ करोड सङ्कलन भएको छ । ५३ हजार योगदानकर्ताले विभिन्न सुविधा लिएका छन् । कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा , दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्धावस्था सुरक्षा  र आश्रित परिवार सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy