नयाँदिल्ली । भारतीय काँग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो ।
मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरुले जानकारी दिएका छन् । बैठकमा भारतका पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा मनमोहन सिंह, पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्व अध्यक्ष राहुल गान्धी, महामन्त्री प्रियंका गान्धी भद्रालगायतले अनलाईन मार्फत बैठकमा सहभागीता जनाएका थिए ।
पार्टीका वरिष्ठ नेता गुलाम नाबी असदले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सी पल्ट काँग्रेसको बैठक बसेको हो । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्रिया र गृहकार्य सुरु गरिसकेको छ ।
आगामी निर्वाचनलाई लक्षित गरी पार्टीलाई नेतृत्व प्रदान गर्नुपर्ने भएकाले नयाँ अध्यक्षको जिम्मेवारी निकै चुनौतीपूर्ण रहेको ठानिएको छ । यसअघि पनि आम निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा हारको जिम्मेवारी लिदै पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामा लामो समयसम्म अस्विकृत गरिएको थियो भने पार्टीका नेताहरुलाई उनलाई राजीनामा नदिन दवाब दिदै आएका थिए । सबै दवाब र अनुरोधहरुलाई अस्विकार गर्दै उनले पदमा नफर्किने अडान लिएपछि उनकै आमा तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
तर अहिले फेरि पनि राहुल गान्धीलाई नै अध्यक्षका निर्वाचित गराउनु पर्नेमा पार्टीका धेरै नेताहरुले खुलेरै जोड दिने गरेका छन् । उनले भने आफू अहिले पनि अध्यक्ष बन्न नचाहेको बताउदै आएका छन् ।
यद्यपी भारतीय काँग्रेस पार्टीले यसअघि नै उनकै नेतृत्वमा ‘भारत जोडो यात्रा’ सञ्चालन गर्ने घोषणा गरिसकेको छ । आगामी सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु हुने यात्रा १४८ दिनको हुने तय गरिएको छ । सो यात्रा काश्मिरमा पुगेर अन्त्य गरिने भएको छ ।
पैदल मार्फत हुने सो पाँच महिने यात्राका क्रममा झण्डै तीन हजार पाँच सय किलोमिटर पार गरिने भएको छ । दैनिक औसतमा २५ मिलोमिटर यात्रामा हुने अनुमान गरिएको छ । सहभागीहरुले १२ राज्य भ्रमण गर्ने छन् । यात्राका क्रममा छोटा छोटा र्याली, सार्वजनिक कार्यक्रम, भेला, आमसभा, अन्तरक्रिया, बैठकलगायतका गतिविधिहरु गरिने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: