Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी

खबरडबली संवाददाता

भादगाउँ । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

कांग्रेसका अनुसार प्रतिनिधिसभाका लागि पाँच प्रत्यक्ष र आठ जना समानुपातिक, प्रदेशसभातर्फ क्षेत्र नं. २ (क)मा नौ प्रत्यक्ष र ११ जनाले समानुपातिक उम्मेदवारका लागि आकांक्षा व्यक्त गरेको जनाइएको छ । त्यस्तै क्षेत्र नं। २ (ख) का लागि १० प्रत्यक्ष र १० समानुपातिक गरी २० जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्  ।

क्षेत्र नं। २ को प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका आकांक्षीमा जिल्ला सभापति दुर्लभ थापा, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, सुनिल ठकुरी, कविर राणा र विनोदप्रकाश कायस्थ हुन् । त्यस्तै समानुपातिकतर्फ जिल्ला नेता अष्ट कवे, नारायणभक्त खायमली, अच्युतप्रसाद मिश्र, रमा कोइराला पौडेल, जयराम श्रेष्ठ, मीना ढकाल, सविन ढुङ्गेल र माथवरसिंह बस्नेतले उम्म्ेदवारको आकांक्षा व्यक्त गरेको जनाइएको छ । 

त्यसैगरी प्रदेशसभा क्षेत्र नं। २ (क)मा प्रत्यक्षतर्फ विष्णुराज कार्की, भेषबहादुर कार्की, कृष्णमुरारी न्यौपाने, उद्धव सिलवाल, सुमन कार्की, दिपेन्द्र थापामगर, कविन्द्र मिश्र, अङ्गत खड्का र सुरेन्द्र केसीले उम्मेदवार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं। २ का सचिव सविन ढुङ्गेलले जानकारी दिए  । 

त्यस्तै समानुपातिकतर्फ दिपक थापा, राजन बके, राजनकाजी त्वाती, विदुरमानसिं बस्नेत, सङ्गीता थापा, शिवराम न्यौपाने, सुवास कार्की, जीवन श्रेष्ठ, रामगोपाल न्यौपाने, रामेश्वर ध्वजु र सुनिता खत्री छन्  । 

यस क्षेत्रमा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मको भूगोल समेटिएको छ । गत स्थानीय निर्वाचनमा यहाँका १० वडामध्ये नेपाली कांग्रेसले पाँचमा वडाअध्यक्ष जितेको थियो भने पाँचमा वडाअध्यक्षसहित नगरप्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले)विजयी भएको थियो ।

प्रदेश सभा क्षेत्र नं। २ (ख)मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि दुई जना पुर्वसभापतिहित १० जनाले आकांक्षा व्यक्त गरेका छन् । मध्यपुरथिमि नगरपालिकाको पूरै भाग समेटिएको यस क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठसहित नगरसभापति हरिदास प्रजापति, प्रदेशसभा क्षेत्रिय सभापति ओमप्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई, केदार खड्का, ओम जिमा, रामचन्द्र (आरसी) श्रेष्ठ, गोकुल शर्मा र महासमिति सदस्य उमेश खड्काले उम्मेदवारको दाबेदारी प्रस्तुत गरेका छन् ।

त्यसैगरी समानुपातिकतर्फ मुरारीप्रसाद आचार्य, उर्मिला बन, बच्चुकैलास बुढाथोकी, सुबर्णजङ्ग सिजापति, अन्जनादेवी मधिकर्मी, ईन्द्रबहादुर प्रजापति, बुद्धिकुमार श्रेष्ठ, कंसबहादुर कोजु, शुसिलाकुमारी सिग्देल र लक्ष्मीशोभा प्रजापतिले उम्मेदवारको दाबेदारी दिएका छन्  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending