Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नेप्से परिसूचकमा झिनो अङ्कको ओरालो

खबरडबली संवाददाता

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६६ अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ९३ मा पुगेको छ । कुल दुई सय २५ कम्पनीका ३९ लाख ५५ हजार आठ सय ८६ कित्ता शेयर रु एक अर्ब ३८ करोड ३४ लाख ६२ हजार एक सय ६२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ दुई दशमलव १९, व्यापार छ दशमलव ८१, उत्पादन तीन दशमलव ३४, अन्य २८ दशमलव ६३, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक, लगानी शून्य दशमलव ११ अङ्कले ओरालो लागेको छ ।

यस्तै होटल तथा पर्यटन २४ दशमलव ८३, विकास बैंक सात दशमलव २१, जलविद्युत् १० दशमलव ३८, वित्त २१ दशमलव ६८, निर्जीवन बीमा ६२ दशमलव १४, लघुवित्त एक दशमलव ६९ र जीवन बीमा ५४ दशमलव ८१ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २९ अर्ब चार करोड १५ लाख ७६ हजार एक सय ६७ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु १२ करोड २७ लाख पाँच हजार छ सय ५६ बराबरको कारोबार भयो । यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स रु पाँच करोड ६५ लाख ५४ हजार सात सय ८१, नेष्डो समृद्धि लघुवित्त रु चार करोड ८ड लाख ६५ हजार पाँच सय ४०, रिडी हाइड्रोपावर रु चार करोड १६ लाख ६३ हजार सात सय ९७ र अरुण काबेली पावरको रु तीन करोड ८२ लाख ८३ हजार चार सय ७७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । अप्पर हेवा खोला हाइड्रोपावर छ दशमलव ५८, माहुली लघुवित्त पाँच दशमलव ५८, सप्तकोसी डेभलपमेन्ट बैंक पाँच दशमलव २२ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै राप्ती हाइड्रो चार दशमलव ३८, गणपति लघुवित्त चार दशमलव शून्य एक, मैलुङखोला जलविद्युत् कम्पनी तीन दशमलव ६७, एनआइबीएल समृद्धि फण्ड दोस्रो तीन दशमलव १३ र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले तीन प्रतिशतले गुमाएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: