Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

खबरडबली संवाददाता

काठमाडौँ । के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ ।

जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उनी ‘के वान वल्र्ड च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्नेछन् । 

उनले फाइनलमा जापानका विश्वच्याम्पियन बक्सर वाजिमा हिरोमीसँग प्रतिष्पर्धा गर्नेछन् । हिमचितुवाले प्रशिक्षणका क्रममा आफ्नो सामाजिक सञ्जालमा प्रतिस्पर्धीले के–कति खेल खेलेको छ वा जित हासिल गरेको छ भन्दा पनि उसको कमजोरी पत्ता लगाई मेहेनतका साथ विगतका खेलको कमजोरीलाई दोहोरिन नदिई रिङमा उत्रने जानकारी दिए  । 

उनले भने, “जस्तोसुकै प्रतिस्पर्धी भए पनि खेलमा कहिले पनि आत्मसमर्पण गरी झुक्दिनँ । मेरो लक्ष्य भनेको खेल जित्नु र नेपालको झण्डा फरफराउनु हो । मेरो खेल हेर्न उपस्थित नेपाली दर्शकको मलाई हौसला र प्रेरणा आवश्यक हुन्छ । हलमा उपस्थित नेपालीसहित अन्य दर्शकले गर्ने मायाले मलाई खेलमा जोश र थप ऊर्जा मिल्ने गर्दछ ।” 

युवा पुस्ताका चर्चित २२ वर्षीय बक्सर हिमचितुवाले सानै उमेरदेखि ऐतिहासिक सफता हासिल गर्दै आइरहेका छन्  । उनले हालसम्म १७ अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतिस्पर्धा भिडन्त गर्दा १३ प्रतियोगितामा नकआउटद्वारा र एक खेल अङ्कका आधारमा ऐतिहासिक जीत निकाली अन्तर्राष्ट्रिय रेकर्ड कायम गरिसकेका छन् । जसमा ‘हिट प्राफेसलन किक बक्सिङ’ १३ भिडन्तमा शतप्रतिशत सफलता हासिल गर्न सफल भएका छन् भने चारपटक ‘हिट च्याम्पियनसिप’ को ‘बेल्ट च्याम्पियन’ भई अन्तर्राष्ट्रिय रेकर्डसमेत राखिसकेका छन् । ‘केवान प्रोफेसनल किक बक्सिङ’ मा भने चार भिडन्तमध्ये दुईमा नकआउट गर्दै प्रतिस्पर्धा आफ्नो पक्षमा ल्याएका छन् । 

खेल जीवनको यात्रामा हिमचितुवाका पिता देव घिमिरे मुख्य प्रशिक्षक रही आफ्नो छोरालाई निरन्तर पाँच वर्षदेखि प्रशिक्षण दिँदै आइरहेका छन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी हिमचितुवा विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आइरहेका छन् ।

देव स्वयं लामो समयपूर्व क्युकोसिन फुल कन्ट्याक खेलका अन्तर्राष्ट्रिय खेलाडी थिए । उनी सन् २००४ मा के वान खेल्ने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । उनले कोरियामा भाग लिई रेकर्ड कायम गरेका थिए । आफ्ना पिता देवको अलवा हाल हिमचितुवालाई दुई थाइल्याण्डका प्रशिक्षकले दैनिक आठ घण्टा प्रशिक्षण दिँदै आइरहेका छन् । हिमचितुवा हाल जापानको नागोया सहरस्थित सिमुरा डोजोबाट खेल्दै आइरहेका छन्  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending