Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

समयमा पुल नबाउने ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार

खबरडबली संवाददाता

भोजपुर । भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुलको डिजाइनमा त्रुटि रहेको पाइएको छ । अरुण नदीको यो घाटको कूल लम्बाइ दुई सय ३४ मिटर भए पनि यहाँ बन्न लागेको पुल भने एक सय ७२ मिटर मात्र रहेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । त्यो पुल २०६७ सालबाट निर्माण थालिएको हो ।

यहाँ सुरुमा एक सय ६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर एक सय ७२ मिटरको निर्माण गर्ने गरी काम थालिएको हो । पुल निर्माण बाह्र वर्षसम्म पनि पूरा नहुँदा केही समयअघि ठेक्का प्रक्रिया रद्द गरिएको छ । पुल निर्माणमा रु तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । 

स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार पुल २०७० सालमा सक्नुपर्ने थियो । समयमा पुल नबेपछि निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीले काम गर्न नसक्ने लिखित जवाफ दिएपछि ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए । 

कार्यालयका अनुसार अरुण नदीको यो लम्सुवाघाटको जम्मा लम्बाइ दुई सय ३४ मिटर छ । पुल डिजाइनमा त्रुटि भएको विषयमा सडक डिभिजन प्रमुख शाहसँग प्रश्न गर्दा पुल निर्माणमा ढिलाइ भएका कारण नदीले क्षेत्र विस्तार गरेको बताए ।

अब अर्को बोलपत्र आह्वान गर्दा नयाँ डिजाइन गरेर नदीको लम्बाइअनुसारको पुल बनाउनसक्ने विकल्प पनि रहेको शाहको भनाइ छ । उनले भने, “यो घाटको जम्मा लम्बाइ दुई सय ३४ मिटर छ, सम्झौतामा भएको लम्बाइ एक सय ७२ मिटर हो, यदि ठेकेदारले समयमा काम गरेको भए अर्को पुल बनाउन सकिन्थ्यो, अब यहाँ पुल बन्दा नयाँ डिजाइन गरेर काम गर्न सकिन्छ ।”

पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठुलो चट्टान भेटिएको भन्दै कम्पनीले काम अघि बढाउन नसेकेको बताउँदै आएको थियो । ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको रु ७७ लाख रकम रोकेर कालो सूचीमा राख्नका लागि पत्र पठाइएको प्रमुख शाहको भनाइ छ । 

धरौटी नरोक्न साथै आफ्नो कम्पनीलाई कालोसूचीमा नहाल्न भन्दै कम्पनीले पाटन अदालतमा मुद्दा हालेको प्रमुख शाहले बताए । मुद्दा परेपछि काम नगर्न अदालतले अन्तरिम आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिए । 

“हामीले बैंकमा रहेको धरौटीबापतको रकम रोक्का गरेर कालोसूचीमा हाल्ने प्रक्रिया थालेका छौँ”, प्रमुख शाहले भने, “अहिले कम्पनीले धरौटी नरोक्न साथै कालोसूचीमा नहाल्न भन्दै मुद्दा हालेको छ, मुद्दा विचराधीन रहेकाले हामीले अन्य थप कामलाई अघि बढाउन सकेका छैनाँै ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending