धनकुटा । पूर्वकै पर्यटकीय नगरी साागुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् ।
विगत १७ वर्षदेखि गाउँबाट तरकारी सङ्कलन गरेर तराईका बजार लगेर व्यापार गर्दै आएका चौबिसे गाउँपालिका मुढेवारका ४४ वर्षीय बलबहादुर थापाले बाटो बिग्रिएर व्यापार गर्न कठिन भएको बताए । तीन वर्षयता बर्खाको समयमा बाटो बिग्रिएर सहजरुपमा यातायात चल्न नसक्दा बाटैमा तरकारी कुहिएर जाने गरेको उनले बताए ।
“पछिल्लो समयमा बाटो सहज थियो । तीन वर्षयता बिग्रिएर खत्तम भएको छ ।” थापाले भने । माघदेखि ठेकेदारले काम छाडेपछि सडक झन बिग्रिएको छ । यात्रुलाई समस्या भएको छ । छोराछोरी पढाउन बुधबारे बजार बसेकी सोही गाउँपालिका–१ शौरेकी ४१ वर्षीया दिलमाया मगरले गाडी नचल्दा आफू दुई दिनदेखि जान नपाएको गुनासो गरिन् । “यात्रा गर्न मुश्किल भएको छ”, उनले भनिन् ।
पाँचथर र धनकुटाको सिमानामा रहेको ६ नं बुधबारे बजारमा लामो समयदेखि होटल व्यवसाय गरेर आउनुभएका सुमन श्रेष्ठले सडकका कारण तीन वर्षयता व्यापारमा मन्दी आएको बताए । तेलको ट्याङ्कर आउन नसक्दा पाँचथर, धनकुटा हुँदै सुनसरी, मोरङ र झापाका लागि गुड्ने सवारीसाधन थन्किएका छन् । उक्त बजारको एक मात्र पेट्रोल पम्प बन्द छ ।
तीन वर्षयता बर्खाको समयमा पेट्रोलपम्प बन्द हुँदै आएको सञ्चालक सुभन आचार्यले जानकारी दिए । अहिले पाँच महिनादेखि पम्प बन्द हुँदा मासिक रु ६० हजारभन्दा बढी घाटा लागेको धरानका अर्का सञ्चालक चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बर्खाको समयमा सडक बिग्रिएर यातायात राम्ररी सञ्चालन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज बजार लैजान समस्या भएको मिक्लाजुङ गाउँपालिका–७ कम्फुटारका अशोक लामाले बताए । सडक निर्माण सुरु भएपछि उत्पन्न समस्या समधान गर्न पाँचथर र धनकुटाका स्थानीय जनप्रतिनिधिको एउटा समिति बनेको थियो । उक्त समिति हाल निष्क्रिय भएको चौबिसे गाउँपालिकाका पूर्वअध्यक्ष खजिन्द्र राईले बताए ।
धनकुटा, सुनसरी र मोरङको चुरे क्षेत्र हुँदै गएको उक्त राजमार्गले भेडेटारबाट बुधबारे बजारसम्मको ४४ किमी सडक सबैभन्दा बढी बिग्रिएको छ । यस क्षेत्रमा रहेका नाम्जे, ओख्रे, ध्वजे डाँडा, राजारानी ताल, धप्पडताल, पाथीभरा मन्दिर, मोरङको जेफाले, पाँचथरको मिक्लाजुङ डाँडा पर्यटकीय क्षेत्र र सडकले छोएका साना सहर र गाउँ प्रभावित छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: