Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

जङ्गली हात्तीको आतङ्कले चुरे काछवासी त्रसित

खबरडबली संवाददाता

महोत्तरी । चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जङ्गली हात्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी १४ घर भत्काएका छन्  ।

तीनवटा जङ्गली हात्तीको समूह चुरे काछ हुँदै गत आइतबार फाँटमा झरेर बस्ती पसेका हुन् । आइतबार राति धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा सात घर भत्काएको हात्तीको समूहले सोमबार राति महोत्तरीको बर्दिबास–८ हात्तीलेटको फालाइन नजिक बस्तीका जीतबहादुर योञ्जन, जयकिशुन महतो, बुद्धिमन स्याङ्दान र सोमबहादुर तामाङको घर भत्काएको हो । महोत्तरीको बर्दिबास र धनुषाको मिथिला चुरे काखका एकअर्कासँग सीमा जोडिएका नगर हुन् । त्यसैगरी बुधबारमात्र हात्तीको समूहले गौशाला–१२ को फालाइन नजिकको बस्तीमा दुईकोठे घर भत्काएको छ ।

पछिल्ला पाँच÷छ वर्षयता बर्सेनि असोज–कात्तिकमा जङ्गली हात्तीको आतङ्क चुरे काछका बासिन्दाले खेप्दै आएका छन् । यसपालि भने भदौ तेस्रो सातामै जङ्गली हात्तीको जगजगी बढेको काछबासीको भनाइ छ । पछिल्ला पाँच वर्षयता बस्ती पस्ने हात्तीको सङ्ख्या तीनवटा नै हुने गरेका हुँदा उनै हात्ती बर्सेनि आएका हुनसक्ने पीडितको अनुमान छ । 

एक साता पहिले चुरेपारिका सिन्धुली जिल्लाको दुधौली र कमलामाई नगर क्षेत्रका बस्तीमा पनि तीन सङ्ख्याकै हात्तीले बस्ती पसेर उत्पात मच्चाएका थिए । अहिले तीनै हात्ती चुरे कटेर यता झरेका बर्दिबास–३ कालापानीका नरबहादुर पुलामी बताउनुहुन्छ । हात्तीले सधैँजसो मध्यरातपछि बस्ती पसेर उधुम मच्चाउने गरेका छन् ।

जङ्गली हात्तीको निशानामा पातलो बस्ती भएका ठाउँका काठेघर पर्ने गरेका छन् । घर भत्काउनेबाहेक हात्तीले भखारी फोर्ने र अन्न छरीदिने अनि केराका थाम उखेल्ने गरेको बर्दिबास–३ कालापानीका रामबहादुर थापा बताउनुहुन्छ । हात्तीले धानबाली फाँडेर पनि नोक्सान गर्ने गरेका छन् । रातको समयमा  मान्छेलाई नै आक्रमण गर्ने हुँदा चुरे काछका बासिन्दा अहिले हात्ती आतङ्कले त्रसित छन् ।

अहिले इलाका प्रहरी कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरले आपसी समन्वयमा हात्तीको गस्ती गरिरहिएको जनाएका छन् । इप्रका बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले वनक्षेत्रसँग जोडिएका हात्तीको सघन आवागमन हुँदै आएका बस्तीमा दुर्वतर्फबाट प्रहरी गस्ती बढाइएको बताउनुभयो । बस्ती पसेका हात्तीलाई राती राँको बालेर सामूहिक होहल्ला गरेपछि भने वन पस्ने गरेका प्रहरीको विगत अनुभव छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending