Ntc summer Offer
Khabar Dabali २५ पुष २०८१ बिहीबार | 9th January, 2025 Thu
Investment bank

‘आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जित्छ’: झाँक्री

खबरडबली संवाददाता
रुपन्देही । नेकपा (एकीकृत समाजावादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जीत हासिल गर्ने बताएकी छन् ।  
 
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा गरेको साक्षात्कारमा नेता झाँक्रीले देश र जनताको हितमा स्पष्ट योजना बनाएर निर्वाचनमा जानेलाई जनताको साथ मिल्ने स्पष्ट पारिन्  । 
 
नेकपा (एमाले) ले समृद्धिका नाममा ल्याएका पानीजहाज, रेल, जस्ता हावादारी गफमा जनता नअल्मलिने बताउँदै उनले स्थानीय माग र आवश्यताका आधारमा स्पष्ट एजेण्डा ल्याउनेलाई जनताले मत दिने उल्लेख गरिन् । 
 
मुलुकको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो ।  
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले देशको विकास र आम नेपालीको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक भएको जिकिर गरिन् । जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेको एमालेलाई आगामी निर्वाचनमा जनताले साथ नदिने उनको भनाइ थियो ।
 
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विनोद पहाडीले सङ्घीयता र संविधानलाई संस्थागत गर्न पाँच दलीय गठबन्धन निर्माण भएकाले आगामी निर्वाचनमा एक भएर प्रतिस्पर्धी पार्टीसँग चुनावमा भिड्ने बताइन् । 
 
एमालेका लुम्बिनी प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले मुलुकमा एमाले बलियो पार्टीका रूपमा स्थापित भएको जनाउँदै गठबन्धनसँंग चुनावमा प्रतिस्पर्धात्मक सामना गर्ने र पार्टीको साख जोगाउने बताइन् । पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएकाले निर्वाचन आयोगले निगरानी गर्नुपर्ने उनको भनाइ थियो ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy