काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् । उनले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गरिन् ।
प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिइन् ।
उनले भनिन्, “जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन ।” उनले केही बेर पनि विद्युत् गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिन् ।
सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको भन्दै यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिए । कार्यक्रममा विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८० - २०:१३
काठमाडौँ। युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची (कालोसूची)बाट नेपाललाई नहटाउने भएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । ...
मंसिर १४ गते, २०८० - १९:५४
काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको बिहीबार भएको खेलमा धनगढी एफसीले जित हासिल गरेको छ। साविक उपविजेता धनगढी एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंग...
मंसिर १४ गते, २०८० - १९:३६
यूएई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । ...
मंसिर १४ गते, २०८० - १८:४५
काठमाडौं। मिटरब्याजविरुद्धको संघर्ष समिति सिराहाले बिहीबार प्रदर्शन गरेको छ। मिटरब्याजसम्बन्धी बनेका ऐन–कानुन कार्यान्वयनको माग गर्दै संघर्ष समितिले प...
मंसिर १४ गते, २०८० - १८:३१
काठमाडौं। अफ्रिकाबाट आईसीसी टी-२० छनोटमा युगान्डाले टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै विश्वकपमा पुगेको छ। नामिबियामा भइरहेको आईसीसी टी-२० विश्वक...
मंसिर १४ गते, २०८० - १८:१७
काठमाडौं। मकवानपुरमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरी गुमाएका श्रीमानको पनि मृत्यु भएको छ। मकवानपुरको गढी गाउँपालिका- २ कुर्लेपाखा ...
मंसिर १४ गते, २०८० - १८:०७
काठमाडौं । मधेश प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मधेशले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै ...
मंसिर १३ गते, २०८० - २०:३६
काठमाडौँ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द...
मंसिर १३ गते, २०८० - २०:२८
काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ शङ्खमूलबाट एक हजार दरको नोट पाँच थान र ५०० दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ ...
मंसिर १३ गते, २०८० - २०:०१
काठमाडौँ। प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन् । धनुषाको जनकपुरधाम ...
प्रतिकृया लेख्नुहोस्: