Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

बाबुरामलाई उनैकाले नपत्याएपछि .....

\"Baburam_Bhattarai\"काठमाडौं । जति घुर्की लगाउँदा पनि प्रचण्डले अध्यक्ष पद नछाड्ने भएपछि पुनः नयाँ शक्तिको बहसमा लागेका एमाओवादी नेता बाबुराम भट्टराईलाई उनकै समूहका नेताले पत्याउन सकेका छैनन् । आजको बुधबार साप्ताहिकमा खबर छ– अघिल्लो संविधानसभामा धनकुटाबाट निर्वाचित बनेका उनी निकट नेता हेमराज भण्डारीले प्रश्न गरेका छन् – ‘तपाईंले जो मान्छे लिएर नयाँ शक्ति बनाउने कुरा गर्दै हुनुहुन्छ ती मान्छेबाट नेपालको राजनीतिमा तपाईंले भनेजस्तो शक्तिकोउदय कसरी हुन्छ ? हालै आयोजित बाबुराम समर्थकहरुको भेलामा भण्डारीले ने, ‘यथास्थितिमा एमाओवादीमा बस्नुको कुनै अर्थ छैन भन्नुभयो । अलग हुने कुरा पनि मानें, नयाँ शक्तिको कुरा पनि मानें, तर, जो मान्छे लिएर नयाँ शक्तिको कुरा गर्दै हुनुहुन्छ, त्यो बेकार हो । तपाईंसँग २०४८ सालमा सँगै आएका मान्छेबाट नयाँ शक्ति जन्मदैन ।’ उनले उदाहरण दिएरै भने– ‘त्ससमा पनि हरिबोल गजुरेल र राम कार्कीहरुले तपाईंलाई छाडिसकेका छन्’ भण्डारीले निष्कर्ष सुनाए– ‘अबको परिवर्तनको नेतृत्व विज्ञान र प्रविधिसँगै जन्मिएको नयाँ पुस्ताले गर्नुपर्छ ।’ भण्डारीको कुरा सुनेपछि भट्टराईले ‘तपाईंले भनेको कुरा पनि ठीकै हो ।’ भन्दै सम्झाउने प्रयास गरेका थिए । ‘पुरानै टिमबाट बन्दैन भन्ने कुरा सही हो तर, जग त चाहियो । जग भनेको अहिले हामी उभिएको ठाउँ हो । यही जगमा टेकेर रुपान्तरण गर्दै जाने र नयाँ पुस्तालाई नेतृतवमा ल्याउने योजनाका साथ जानुपर्छ ।’ भट्टराईको भनाई उद्यृत गर्दै भण्डारीले भने । भण्डारीका अनुसार पछिल्लो समयमा भट्टराईले आफू निकटहरुलाई भेला पारेर यस्ता छलफल बाक्लै चलाउँदै आएका छन् । सिधै नयाँ पार्टी बनाउने नभनेर ‘सकेसम्म एमओवादीको यही जगमा टेकेर रुपमान्तरण गर्ने र यसलाई समृद्ध बनाउँदै लैजाने, यदि यसलाई रुपान्तरण गर्न सकिएन भने वामपन्थीहरुबीच नयाँ ध्रुवीकरण गरेर जाने त्यो पनि सम्भव भएन भने समाजमा रहेका प्रगगिशील तप्कालाई समेटेर भने पनि नयाँ शक्ति जन्माउने प्रशिक्षण भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending