Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश

खबरडबली संवाददाता

म्याग्दी । गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको आज भएको क्वार्टरफाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन् । 

मधेस र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका विरुद्ध तीन, सशस्त्रले लुम्बिनी, बागमतीले सुदरपश्चिम र गण्डकीले प्रदेश १ लाई सोझो तीन सेटमा पराजित गर्दै सेमिफाइनल पुगेका जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए  ।  

प्रहरी र सेनाको खेल प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो र दोस्रो सेट जितेको पुलिसलाई तेस्रो र चौथो सेटमा पछि पारेको सेना अन्तिम सेटमा पराजित हुँदा सेमिफाइनल पुग्न सेकेन । पुलिसले सेनालाई पहिलो सेटमा २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट १५–१३ अन्तरले पराजित गरेको हो । सेनाले पुलिसलाई तेस्रो सेट २५–२३ र २५–१४ अन्तरमा पराजित गरेको थियो । 

सशस्त्रले लुम्बिनीका विरुद्ध २५–१९, २५–१८ र २५–१० को अन्तरमा जीत निकालेको हो । सदूरपश्चिम प्रदेश बागमतीसँग २५–१२, २५–१५, २५–२३ अन्तरमा पराजित भयो । गण्डकीले प्रदेश १ लाई २५–१०, २५–१०, २५–१७ को अन्तरमा पराजित गरेको हो । 

मङ्गलबार सेमिफाइनलमा सशस्त्र प्रहरी र बागमती प्रदेश तथा नेपाल पुलिस र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए  । क्वार्टरफाइनलको खेलमा सशस्त्रकी आरती सुवेदी, सुदरपश्चिमकी प्रगति नाथ, नेपाल पुलिसकी कमला पुन र प्रदेश १ की पूर्णिमा राईलाई विमेन अफ द म्याच घोषणा गरिएको थियो । 

लिक कम नकआउट बेस्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending