Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसीमा दर्शकको ताली, हलमा पुगेन ठाउँ (फोटोफिचर)

खबरडबली संवाददाता

काठमाडौं । हिन्दुहरूको दोस्रो ठूलो महान चाड तिहारको दिपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ। शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको थियो।

No description available.

उक्त अवसरमा समसामयिक राजनिती, बढ्दो भ्रष्टाचार तथा सामाजिकविसांगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुती गरिएको थियो। उक्त कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरियो।

No description available.

उक्त देउसी भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ,  हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यङ्ग्यात्मक प्रस्तुती दिए भने व्यङ्ग्यकविका रुपमा परिचित अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेर दर्शकको मन जिते।

No description available.

उक्त देउसी भैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्व (प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व(प्रधानमन्त्री डा।बाबुराम भट्टराई , विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।

प्रज्ञा भवन र डबलीमा खचाखच भरिएका दर्शकका अगाडि
अच्युतराम भन्डारीको नेतृत्वमा ३८ जनाले तवलाबाट दर्शकलाई स्वागत गरे।
लगत्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि कसरी नेताले जनताको भावना सङ खेल्छन भन्ने प्रस्तुती दिए। सिद्धान्त फरक भए पनि सत्ता , शक्ति र पैसामा उनीहरूले इमान बेच्छन भन्ने कुराको प्रस्तुति दिंदा दर्शक तालीले समर्थन गरे।

No description available.

कवि अर्जुन पराजुलीले आधा दर्जन कवितामा समसामयिक विषयलाई उठान गरे। विभिन्न कालखण्डमा नेता तथ नेतृत्वले जनतालाई देखाउने सपना र ती सपनाको भर्याङ चढेर जनताका सपनामाथी खेलवाड गर्छन भन्ने कुरालाई गम्भीर रूपमा प्रस्तुत गरे।

No description available.

निरन्तर हरेक वर्ष तिहारको उपलक्ष्यमा सिस्नुपानी नेपालले देउसी भैलो कार्यक्रम गरे पनि यस अघि दुई वर्ष कोरोनाले गर्दा   आयोजना गर्न सकेको थिएन।

दुई वर्ष पछि भएको कार्यक्रम भव्य र सभ्य भएको आयोजकले जनाएको छ। 'देउसी भैलो उत्साहजनक रह्यो। दर्शकको मायाले हामी पुलकित भएका छौ', संस्थाका अध्यक्ष लक्षण गाम्नागेले भने।

देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानका रुपमा चलाउदै आएको छ। यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि आवाज उठाइरहने आयोजकले जनाएको छ।

देशलाई सुशासनको मार्गमा खबरदारी गर्न सिस्नुपानीले निरन्तर लागिरहने आयोजकले जानकारी दियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending