Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कालापानी र लिपुलेक हाम्रो हो भन्दा एसएसबीले यातना दियो

लामो समयदेखि भारतीय विस्तारवादको शिकार भएको नेपाली भूभाग– कालापानी र लिपुलेकलाई भारत–चीनले व्यापारिक केन्द्र बनाउने निर्णयका विरुद्ध जागरण अभियान चलाउने निर्णय अनुसार साउन २६ गते काठमाडौंबाट लिपुलेकसम्म जाने हामीले योजना बनायौं । यसक्रममा हामीले देशका ठूला शहरहरुमा जागरणसभा तथा ¥याली गर्दै लिपुलेकसम्म पुग्ने र लिपुलेकमा नेपाली झण्डा फहराएर भारत–चीन दुबै मुलुकलाई यो हाम्रो भूमी हो भन्दै खबरदारीबाट आफ्नो निर्णय सच्याउन दबाब दिने योजना मुताबिक हामी काठमाडौंदेखि हिँडेर हिजो मंगलबार दार्चुलाको सदरमुकाम खलंगा आईपुग्यौं । खलंगामा पत्रकार सम्मेलन तथा ¥याली गरेर हामी दिउँसो करिब दुई बजे भारतद्वारा अतिक्रमित सिमा क्षेत्रको अवलोकन गर्न जाने निर्णयका साथ हामी सदरमुकामदेखि केही माथितर्फ लाग्यौं । हामीलाई पक्राउ गरिनुपूर्व हाम्रो अभियानमा रोकावट पैदा गर्न भारतीय सुरक्षा निकायका मानिसहरुले सिमा क्षेत्रमा कडाई गरेको तथा सुरक्षा सतर्कता बढाएको हामीले पत्रपत्रिकाबाट थाहा पाएका थियौं । त्यसैले त्यसतर्फ जाँदा हामी निक्कै सतर्क थियौं । तर, हामी नेपाली भूभागमा रहँदा रहँदै पनि पक्राउ पर्न सक्छौं भन्ने कुरा हामीले सोचेका थिएनौं । भारतीय सिमामा बस्ने भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले हामीलाई हाम्रै सिमाभित्रबाट यता किन आएको भनेर पक्राउ ग¥यो । मसहित मोहन आचार्य, खगेन्द्र कंडेल, शिव गौतम, किरण पौडेल, सुशिल बस्नेत, दिनेश जमरकट्टेल, सुजन खनाल, अंकित तिवारी, सुर्दशन पौडेल गरि १० जना साथीलाई भारतीय एसएसबीले नेपाली सिमा भित्रबाटै पक्राउ गरेर सिमापारी धार्चुला भन्ने स्थानमा रहेको उनीहरुको क्याम्पमा लगेर थुन्यो र बारम्बार, ‘कालापानी और लिपुलेक हमारा है’ भन्दै यातना दियो । उनीहरुको एउटा मात्र प्रश्न थियो, ‘तिमीहरु यहाँ किन आएको ?’ हामीले हामीलाई हाम्रै भूभागबाट पक्राउ गर्न मिल्छ ? के यो अन्तर्राष्ट्रिय कानुनले दिन्छ भनेर प्रश्न गर्दा उनीहरुले हामीलाई बुट र मुक्काले बारम्बार प्रहार गरे । उनीहरुको एकलौटी प्रहारले हाम्रा केही साथीहरुलाई चोट लागेको छ । त्यस क्षेत्रमा उनीहरुको ठूलो क्याम्प रहेछ । हाम्रोतर्फ भने सेना, प्रहरीको संख्या निक्कै कम रहेको हामीले महसुस गर्यौं । हामी पक्राउ परेको कुरा अन्य साथीहरुले थाहा पाउन सक्नु हुन्छ अथवा हुन्न भन्ने कुरामा हामी ढुक्क हुन सकेका थिएनौं तर दार्चुला सदरमुकाममा यो कुरा निक्कै छिटो फैलिएछ । हामीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको एक जना गाउँलेले देखेका रहेछन्, उनले नै सदरमुकाममा र हाम्रा अन्य साथीहरुलाई पनि खबर गरेछन् । हामीलाई उनीहरुले दिउँसो २ बजे पक्राउ गरेर राती साढे ९ बजे मात्र छोडे । हामीहरुलाई उनीहरुले यति साघुँरो कोठामा थुनेका थिए कि हामी १० जना साथीहरुलाई त्यहाँ बस्न निक्कै असहज भइरहेको थियो । सानो झ्याल भएको त्यो साघुँरो कोठमा साथीहरुको मनमा घरी त्यहीबाट जेलब्रेक गरेर इतिहास रचौँ भन्ने तथा अब नेपाल फर्किन पाइन्न होला भन्नेसमेतका विभिन्न आशंकाहरु मनमा पलाई रहेका थिए । हामीहरुलाई थुनिएको ठाउँमा आधा आधा घण्टाको अन्तरालमा विभिन्न अफिसरहरु आएर हामीलाई विभिन्न कुरा सोध्ने तथा धम्काउने गरिरहेका थिए । हामीहरुलाई एसएसबीले पक्राउ गरेसँगै साथीहरु हामीलाई छुटाउन निक्कै सक्रिय भइसक्नु भएको रहेछ । दार्चुलाका प्रमुख जिल्ला अघिकारी प्रेम कुँवरलाई दबाब दिएपछि हामीलाई छुटाउनका लागि विभिन्न पहलहरु हुन थालेको रहेछ । हामीले त्यो कुरा राती छुटेर आएपछि मात्र थाहा पायौं । हामीलाई राती छोड्ने बेलामा, ‘यस्तो काम कहिलै नगुर्न’ भन्दै धम्कीपूर्ण तबरले खबरदारी गरेर उनीहरुले छोडे । तर, हामी नेपाली भएको नाताले भन्न चाहन्छौं नेपालको भूमि अतिक्रमण गरेर आफ्नो सैन्य शक्तिको आधारमा हैकम चलाउने भारत खबरदार, हाम्रो रगत अझै पानी सेलाइसकेको छैन । नेपाली भूमी भारतीयहरुले कब्जा गर्नु र व्यापार नाकाका लागि भारत–चीन सहमत हुने कुरा हाम्रा लागि कदापी सह्य विषय होइन । राष्ट्रियतामाथि यस्तो गम्भिर आँच आइरहँदासमेत नेपाल सरकार चुप लागेर बस्नु र यो भूमि हाम्रो भन्दै अभियान चलाउनेहरुलाई भारतीय सिमा सुरक्षा बलद्वारा पक्राउ गरिँदा नेपाल सरकार मौन बस्नु निक्कै गम्भिर विषय हो । म नेपाल सरकारसँग यो विषयमा आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्छु । यो सवाल पक्राउ पर्ने मात्र हामी १० जना साथीहरुको होइन । यो सिंगो राष्ट्रको राष्ट्रियतासँग जोडिएको विषय हो । हामीहरु त केही समयका लागि मात्र थुनिएका थियौं तर हाम्रो भूभाग र त्यस क्षेत्रका नेपालीहरु कयौं वर्षदेखि बन्धकको जीवन बिताइरहेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालको नेतृत्वमा १६ जनाको टोली आज बुधबार दार्चुलाको सदरमुकाम खलंगाबाट लिपुलेकतर्फ जाँदैछ । अन्य केही साथीहरु काठमाडौं फर्कनुहुनेछ । यहाँदेखि लिपुलेकसम्म पुग्न हामीलाई चारदिन जति लाग्छ । हामीले त्यहाँ पुगेर नेपाली झण्डा फहराउने र यो हाम्रो भूभाग हो भारतीय सेना खबरदार भन्ने सांकेतिक संदेश दिन त्यहाँ जान लागेका छौं । यस विषयमा भारत–चीन दुबै मुलुकले सोच्नु भन्ने मेरो आग्रह छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending