Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सिंहरदबारभित्रै गाँजाको झाडी

\"gaja\"काठमाडौं । गाँजाखेती नष्ट गर्न प्रहरी काठमाडौंबाट मकवानपुर, धादिङलगायत जिल्लाका दुर्गम गाउँसम्म पुग्छ । तर, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै फस्टाएको ‘गाँजाको बारी’बारे भने बेखबर छ । आजको नयाँ पत्रिका दैनिका खबर छ विज्ञान तथा प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयको पछाडिको खाली जग्गामा गाँजाको ठूलो झाडी नै छ । गृह मन्त्रालयको पछाडि, श्रम मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयछेउको जग्गामा पनि गाँजाका बोट फस्टाएका छन् । कांग्रेसको संसदीय कार्यालयमा त परिसरभित्रै गाँजाका बोट देखिन्छन् । तर, प्रहरी भने सिंहदरबारभित्र गाँजाको झाडी नरहेको दाबी गर्छ । ‘हामीले सिंहदरबारभित्र कतै गाँजा देखेका छैनौँ,’ सिंहदरबारस्थित सुरक्षा गणका प्रहरी निरीक्षक ज्ञानेन्द्र बस्नेतले भने । सुरक्षा परिषद्छेउछाउ क्षेत्रका केही गाँजाका बोट भने सेनाले नष्ट गरेको थियो । सहरी विकास मन्त्रालयका एक कर्मचारीले सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दा पनि मन्त्रालयछेउछाउमा बढेको गाँजाको झाडी नष्ट नगरिएको बताए । ‘मन्त्रालयकै छेउमा गाँजाको झाडी राख्नु लाजमर्दो हो, पटक–पटक भन्दा पनि नष्ट गरिएको छैन,’ ती कर्मचारीले भने । सिंहदरबारबाहिर पनि धेरै ठाउँमा गाँजाका झाडी देखिन्छन् । अनामनगरको खोलाकिनार तथा खाली जग्गामा फस्टाएका गाँजाका बोट छन् । बागमती तथा विष्णुमती खोलाकिनारमा पनि गाँजाको झाडी देखिन्छ । लागुऔषध दुव्र्यसनीले त्यसको फाइदा उठाइरहेका छन् । सार्वजनिक स्थानमा फस्टाएका गाँजाका बोटबाट त केहीले कारोबारसमेत गर्ने गरेका छन् । दुई साताअघि प्रहरीले ललितपुरका केही सार्वजनिक स्थानका गाँजाका बोट नष्ट गरेको थियो । तर, काठमाडौं र भक्तपुरमा भने नष्ट गरिएको छैन । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले योजनाबद्ध रूपमा गाँजाखेती नष्ट गर्ने काम भइरहेको बताए । ‘सामुदायिक प्रहरी कार्यालयहरूसँग मिलेर उपत्यकामा रोपिएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान नै चलाइएको छ,’ उनले भने । लागुऔषध नियन्त्रण ऐनले गाँजाखेतीलाई अपराध मानेको छ । तर, प्रहरीले कारोबारीलाई मात्र कारबाही गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending