Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

लोसपा नेता सिंह एमाले प्रवेश

खबरडबली संवाददाता

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जनसंगठन लोकतान्त्रिक युवा संघका केन्द्रीय सदस्य रञ्जीतकुमार सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्।

महासचिव शंकर पोखरेलले सिंहलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा खादा लगाई पार्टी प्रवेश गराएका हुन्। सो अवसरमा महासचिव पोखरेलले तराईको विकास लगायतका समस्या समाधान गर्ने वैचारिक र राजनीतिक सामर्थ्य एमालेसँग मात्र रहेको बताउँदै विगतमा राजनीतिमा जातीय मुद्दाले प्राथमिकता पाएका कारण विकासका मुद्दा ओझेल परेको बताए।

महासचिव पोखरेलले तराई मधेशका क्षेत्रीय पार्टीहरू त्यहाँका जनताका समस्या, मुद्दामा केन्द्रित हुनुको सट्टा उनीहरूले एमालेलाई तराई मधेश विरोधीको रूपमा चित्रण गरेर जनतालाई भ्रममा पार्ने प्रयास गरेको स्मरण गरे।

उनले नवप्रवेशी सिंहलाई नेकपा एमालेले गन्तव्य बनाएको विकास र समृद्धिको यात्रामा अन्य साथीहरूलाई जोड्न पनि आग्रह गरे।

महोत्तरी निवासी नवप्रवेशी सिंहले नेकपा एमालेमा प्रवेश गर्न पाउँदा गौरव अनुभूति गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादव र मधेश प्रदेशका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending