Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चौथो दिनको बन्दले सास्ती : भारतबाट फर्केकाहरुको कमाई नेपालगंजमै सकिने चिन्ता

नेपालगंज । थरुहट संर्घष समितीले आव्हान गरेको अनिश्चितकालीन तराई बन्द शुक्रवार पनि यस क्षेत्रको जनजिवन प्रभाबित भएको छ ।बन्दको प्रभाव सदरमुकाम नेपालगञ्जमा भन्दा कोहलपुर क्षेत्रमा परेको छ । कोहलपुरका बिभिन्न चोकहरुमा बन्दकर्ताहरु लाठि लिएर बसेका छन । कञ्चनपुर देखि चितवन सम्मको थरुहट भुमी स्वायत्त प्रदेश, पर्सा देखि धनुषा सम्म सिम्रोनगढ र सिराहा देखि झापा सम्म पुर्वी थरुहट कोचिला प्रदेशको माग गर्दे थारु संघर्ष समीतीले तराई बन्द गरेका हो । चौथो दिनको बन्दका कारण आज पनी बाँकेका शिक्षण सँस्था उद्योग कलकारखाना, यातायात सञ्चालनमा आउन सकेको छैन । बन्दका कारण भारतका बिभिन्न सहरहरु बाट रोजगारि गरि फर्केका नेपालीहरु मर्कामा परेका छन । रोजगारि गरि फर्केका उनिहरु नेपालगंजमा होटलहरुमा बस्नु पर्दा कमाई गरेर ल्याएको पैसा यसै सकिने हो कि भन्ने चिन्ता लागेको भारतको सिमल बाट कमाई गरेर फर्केका जाजरकोट पैकका हरि सिङ्ग रोकायले बताए । उनले आजभोलि दैनिक १ सय बढि मानिसहरु भारत बाट कमाई गरेर फर्कने गरेको बताए ।पश्चिम पहाडि जिल्लाका मानिसहरु  ज्याला मजदुरिका लागि भारतका बिभिन्न सहरहरुमा जाने गर्दछन । त्यस्तै मुख चार दलले गरेको ६ प्रदेशको सीमांकनको विरोधमा उत्रेका थरुहट संर्घष समितिले आह्वान गरेको अनिश्चिकालीन बन्दको चौथो दिन बर्दियाको जनजिवन थप कष्टकर बन्दै गएको छ । यातायातका साधन नचल्दा खाद्यान्य लगायतका सामान आपुर्तीमा समस्या हुन थालेको छ । यसै बीच थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एंव सभासद् गोपाल दहितले कञ्चनपुरदेखि चितवनसम्म थरुहट स्वायत्त प्रदेश र पर्सादेखि झापासम्म छुट्टै एउटा प्रदेश बनाउने पहल भइरहेको बताएका छन् । यसका लागि मधेशी दल, नागरिक समाज, थरुहट आन्दोलनलाई समर्थन गर्ने विभिन्न राजनैतिक दल लगायत संग सहकार्य भई रहेको उनले बताए । सरकारसँग दुई प्रदेशको विषयमा छलफल जारी रहेको बताउँदै तराईमा दुई प्रदेशका लागि मधेशवादी दलसँग आफूहरुको ऐक्यवद्धता भइसकेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies