Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

यसरी आउँदैछन् पाँच माओवादी एक ठाउँ

\"janayudha\"काठमाडौं । बृहत शान्ति सम्झौता पश्चात विभिन्न समुहमा विभाजीत भएका माओवादीहरु एकै स्थानमा जुटेर जनयुद्धको स्वर उराल्ने भएका छन् । एकीकृत नेकपा माओवादी बन्नुभन्दा पुर्व तत्कालिन विद्रोही नेकपा माओवादीसम्वद्ध कलाकारहरुले संयुक्त रुपमा देखाउने कला र साँस्कृतिक कार्यक्रममा एमाओवादी, बैद्य माओवादी, विप्लव माओवादी, मातृका माओवादी र मणी थापासमुहहरुका शिर्ष नेतृत्व एकै स्थानमा जुटाउने काम भने द्धन्द सरोकार केन्द्र नेपालले गर्न लागेको हो । संस्थाले जनाए अनुसार जनयुद्धकालिन साँस्कृतिककर्मीहरु खुशीराम पाख्रीन, मणी थापा, माइला लामा, सिता आचार्य, झंकार बुढा देखि जीवन शर्मा, जे वी टुहुरे, प्रदिप देवान लगायतका कलाकारहरुले जनयुद्धको भावना र कलालाई यहि भदौ ९ गते राष्ट्रिय नाचघरमा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । संविधान निर्माण भई जारी हुने अवस्थामा आइपुग्दासमेत द्धन्द पीडितहरुको पहिचान र व्यवस्थापन हुन नसकेको भन्दै सोही विषयलाई मूल एजेण्डा बनाउँदै अगाडि वढिरहेको संस्थाले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमको नाम जनयुद्धका स्वरहरु रहेको छ । कार्यक्रममा एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश, नेकपा—माओवादी अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादल, नेकपा (माओवादी) अध्यक्ष मातृका यादव, नेकपा माओवादी महासचिव नेत्र विक्रम चन्द विप्लव र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणी थापा लगायतका नेताहरुको विशेष उपस्थिति र सहभागिता रहनेछ । कार्यक्रममा खुशीराम पाख्रीन, जेवी टुहुरे र जिवन शर्माले गीत प्रस्तुत गर्ने तथा तात्कालिन सामना परिवार र सेनच्यांग परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गर्नुका साथै हास्य कलाकार सुवोध गौतम र दिनेश काफ्लेले प्रहसन प्रस्तुत गर्ने आयोजकले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending