Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

यूएईमाथि नेपालको सानदार जित, विश्वकप खेल्ने सम्भावना जीवितै

खबरडबली संवाददाता

काठमाडौँ। आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई पराजित गरेको छ। 

सोमबार दुबईमा भएको खेलमा नेपालले घरेलु टिम युएईलाई ४२ रनले पराजित गरेको हो। 

जितसँगै नेपालले लिग २ को अंक तालिकामा यूएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ भने एकदिवसीय मान्यता लिग २ बाटै जोगाउने र विश्वकप छनोटमा पुग्ने सम्भावना जीवित नै राखेको छ। 

अब नेपालले घरेलु मैदानमा हुने सिरिजका चार मध्ये दुई खेलमा जित हात पारे एकदिवसीय मान्यता जोगाउनेछ भने चारै खेल जिते विश्वकप छनोटमा पुग्नेछ।

सोमबार नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको  युएई ४५ ओभरमा १८७ रनमा अलआउट भयो।

युएईका लागि ओपनिङ ब्याट्सम्यान आसिफ खानले ८२ रन जोडे। ४२ ओभरमा सातौं विकेटको रुपमा खान आउट भएपछि नेपाल जिततर्फ अघि बढेको थियो। उनलाई दिपेन्द्रसिंह ऐरीले आउट गरेका थिए। 

यस्तै आर्यन लक्राले ५० रन जोड्दा वृत्य अरविन्दले १३ रन बटुले। युएईका अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। आर्यन र खानबीच दोस्रो विकेटका लागि ९४ रनको साझेदारी हुँदा नेपाल दबाबमा परेको थियो।

बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले ३(३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनायो।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए। उनी ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअगाडि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे भने आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरे।

नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए। 

आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए।

बलिङमा युएईका जुनइद सिद्धिकीले ३ विकेट लिए भने  रोहान मुस्ताफा र आर्यान लक्राले २-२ विकेट लिए। 

नेपाल, युएई र पपुवा न्युगिनीबीच अब नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। 

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।

पाँचौ स्थानको उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ। पुछारको ‍पिएनजीको ३२ खेलबाट ९ अंक छ।

अब नेपालले लिग-२ को शीर्ष तीन स्थानमा पुग्न बाँकी रहेका ५ खेलबाट जित हात पार्नु पर्दा एकदिवसीय मान्यता जोगाउन २ खेलमा जित निकाल्नु पर्छ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending