Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

मृतकको नामबाट प्रदेशको नामाङकन गर्न माग

सुर्खेत । मध्यपश्चिममा छुट्टै प्रदेश हुनुपर्ने र राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै सुर्खेतमा गरिएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका आफन्तले आन्दोलन तुहिने शंका गरेका छन् । यही आन्दोलनमा आफन्तहरुले बलिदान गरेका तर अहिले दलहरुको क्रिया\"Surkhetकलापले आन्दोलन नै तुहिने हो कि भन्ने शंका लाग्न थालेको उनीहरुले बताएका छन् । आफ्ना आफन्तहरु कुनै दलको कार्यकर्ता नभई मध्यपश्चिमको लागि सहिद भएको भन्दै उनीहरुले राजनीतिक दलहरुलाई आन्दोलन नतुहाउन आग्रह गरेका छन् । अहिले दलहरुले समेत छुट्टाछुट्टै आन्दोलन गरेको शंका उब्जिएकोले सबै एकजुट भएर लाग्न पीडितहरुले आग्रह गरेका छन् । पीडितहरुका तर्फबाट शनिबार पत्रकार सम्मेलन गरी तीनजना मृतकका परिवारले सात बुँदे माग अघि सारेका छन् । माग पूरा नभएसम्म शव नबुझ्ने उनीहरुको अडान छ । आन्दोलनका सहिदको नामबाट प्रदेशको नामांकन गरिनुपर्ने पीडित परिवारले अर्काे माग राखेका छन् । अखण्ड मध्यपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन अन्र्तगत गत सोमबार आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर–३ का टिकाराम गौतम र दैलेख घर भइ हाल वीरेन्द्रनगरको इत्राममा बस्दै आएका यामबहादुर बीसीको मृत्यु भएको थियो । त्यस्तै आन्दोलनकै क्रममा सोही दिन मंगलगढीमा गोपालसिंह रजवारको मृत्यु भएको थियो । पत्रकार सम्मेलनमा पीडितहरुले सातबुँदे मागपत्र प्रस्ततु गर्दै आन्दोलनका क्रममा गोली चलाउने एवं आदेश दिने सुरक्षा प्रमुखमाथि कारवाहीको मागसमेत गरेका छन् । मृतकका परिवारले मध्यपश्चिमका प्रहरी प्रमुख डीआइजी केशव अधिकारी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी वलदेव गौतम र प्रहरी प्रमुख एसपी राजेशकुमार लाल कर्णलाई कारवाहीको माग गरेका छन् । सिमाङ्कनको विषयमा सुरु भएको आन्दोलनका क्रममा सुर्खेतमा नै पहिलोपटक नागरिकको मृत्यु भएको तर, सुर्खेतका राजनीतिक दल र प्रहरी प्रशासनको व्यवहारले आफुहरुलाई झन दुःखी बनाएको उनीहरुले गुनाशो गरेका छन् । अखण्ड मध्यपश्चिम र सुर्खेतलाई राजधानी बनाउने नाममा आफन्तले बलिदान दिए पनि आन्दोलन तुहाउन षड्यन्त्र भएको उनीहरुको दाबी छ । सातबुँदे मागमा मृतक तीनै जनालाई सहिद घोषणा गर्नुपर्ने, स्थानीय चोकको नाम मृतकको नामबाट राख्नुपर्ने माग गरिएको छ । छैठौं मागमा भनिएको छ, ‘आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरुको नामबाट प्रदेशको नामांकन गर्नुपर्ने ।’ त्यसैगरी घटनाको निश्पक्ष छानविनका लागि आयोग गठन गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन् । मृतक यामबहादुर बी.सी.की पत्नी नीमा शाहीले आफ्ना श्रीमानलाई एसएलआर राइफलले हानेर हत्या गरेको भन्दै हत्याको सापटी सरकारले पैसा दिने घोषणा गरेको भन्दै आक्रोश व्यक्त गरिन । उनले पैसाले मान्छे किन्न नसकिने भन्दै सरकारले पैसाले किन्न खोजेको बताइन् । उनले प्रमुख जिल्ला अधिकारीलाई समेत दश लाखमा मान्छे आउँछ भने आफ्ना श्रीमानका हत्याराहरुलाई गोली हानेर आफूले २० लाख दिने जवाफ दिएको बताए । ‘प्रमुख जिल्ला अधिकारी घर आएर दश लाख दिने कुरा गर्दै लास उठाउन भन्नुभयो,’ उनले भनिन–‘ पैसाले मान्छे आउँछ भने म पनि श्रीमानका हत्यारालाई गोली हानिदिन्छु, लैजानुस् २० लाख गन्दिन्छु भनेपछि उहाँ जवाफ नदिएर फर्किनुभयो ।’ यस्तै गोपालसिंह राजवारका छोरा दिपकसिंह रजवारले प्रहरी प्रशासनले फुटपाथमा मरेको जस्तो व्यवहार गरेको गुनासो गर्दै सहिद घोषणा नभएसम्म र माग पुरा नभएसम्म शव नबुझ्ने बताए । उनले घटनामा संलग्न सुरक्षाकर्मीलाई तत्काल कारवाही गरी आफूहरुलाई न्याय दिलाउन पनि माग गरेका छन् । ‘मेरो बुवालाई फुटपाथमा मरेको जस्तो व्यवहार गरियो,’ उनले भने, ‘म र बुवासंगै आन्दोलनमा निस्किएका हौं, म माथि थिएँ, बुवा मंगलगढी, बुवाको त्यहि मृत्यु भएको छ ।’ पत्रकार सम्मेलनमा बोल्दै मृतक टिकाराम गौतमका छोरा अमृत गौतमले कर्फ्यू लाग्नु भन्दा एक घण्टा अघि डिआइजी अधिकारीले आफैले गोली चलाउ“दा आफ्ना बुवाको मृत्यु भएको बताए । प्रर्दशनका क्रममा बावुछोरा संगै रहेको भन्दै उनले दंगा प्रहरीको भन्दा भिन्न पोशाकमा रहेका डिआइजीले ताकेर बुवाको छातीमा गोल्ली हान्दा बुवा ढलेको र बुवालाई उठाउन खोज्दा प्रहरीले आफूलाई पनि हानेर लखेटेको बताए । प्रहरीको गोल लाग्ने बित्तिकै बुवाको मृत्यु भइसको र बुवाको शवलाई छुनसमेत नदिएर प्रहरीले लठ्ठी लगाएर लखेटेको उनले बताए । ‘ड्याडी गोली लाग्नेबित्तिकै ढल्नुभयो,’ उनले भने, ‘मैले हात उठाएर उठाउन खोजे प्रहरीले मरिसकेका ड्याडीलाई छुन पनि दिएन ।’ उनले आफ्नो बुवालाई गोली ठोक्ने डिआइजीलाई कार्वाही नगरेसम्म र आफूहरुका मागहरु पुरा नभए न्याय नहुने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy