Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

असन्तुष्ट दलले संविधानमा अवरोध नगर्ने

\"sambidhansava\"काठमाडौं । संविधानसभाभित्रका असन्तुष्ट दलहरू संविधान लेखन प्रक्रियामा अवरोध गर्नभन्दा सडक आन्दोलनमा केन्द्रित हुने भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ उनीहरूले संविधानको प्रारम्भिक मस्यौदामाथिको असन्तुष्टिलाई कायम राख्ने, तर प्रक्रिया रोक्ने खेलमा नलाग्ने बताएका छन् । चार दलले संविधानसभाको औचित्य समाप्त गरेकाले संविधानसभाभन्दा सडक संघर्षमा केन्द्रित हुने तयारी भइरहेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । उनले अब संविधानसभाभित्र जारी संविधान निर्माण प्रक्रियामा अवरोध नगरिने बताए । ‘चार दलले संविधानसभाको औचित्य समाप्त गरिसकेकाले त्यसमा सहभागी नहुने निष्कर्ष हो,’ यादवले नयाँ पत्रिकासँग भने । संविधान लेखन प्रक्रिया अघि बढिरहँदा आन्दोलन पनि सँगसँगै लैजाने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । ‘हामीले साउन ३१ र ३२ नेपाल बन्दको आह्वान गरेका छौँ,’ सहअध्यक्ष कर्णले भने, ‘त्यसपछिको परिस्थिति विश्लेषण गरेर थप आन्दोलनका कार्यक्रम तय गरिनेछ ।’ संविधानसभाले १५ भदौसम्म नयाँ संविधान जारी गर्ने आन्तरिक कार्यतालिकामा तय गरेको छ । असन्तुष्ट दलहरूले भने सम्पूर्ण प्रक्रियामा सहभागी नहुने बताएका छन् । ‘हामी प्रक्रियामा सहभागी हुने कुरा नै आउँदैन,’ संघीय फोरमका अध्यक्ष यादवले थपे, ‘अब आन्दोलनलाई समानान्तर रूपमा लैजाने हो ।’ संविधान निर्माणको प्रक्रियामा सामेल नहुने बताएका असन्तुष्ट दलहरू तत्काल राजीनामा दिएर संविधानसभा परित्याग गर्ने मनस्थितिमा भने छैनन् । सद्भावनाका सहअध्यक्ष झाले भने, ‘हामी अन्तिमसम्म पनि संघर्षमा रहन्छौँ, अहिले नै संविधानसभा परित्याग गर्ने तयारीमा भने छैनौँ ।’ प्रक्रियामा सहभागी नहुने जनाएका असन्तुष्ट दलहरू संविधान निर्माणको फास्ट ट्रयाक असफल बनाउने तयारीमा भने लागेको स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending