Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

पूर्वमा बन्द माथिको बन्दले जनजीवन प्रभावित

\"Nepalधनकुटा ।  लगातारको बन्दको कारण पुर्वी नेपालको जनजीवन सोमबार पनि प्रभावित बनेको छ । बन्दको कारण सर्वसाधारणलाई सास्ती भएको छ ।   एक हप्ता अगाडिदेखि विभिन्न पार्टी तथा समूहले बन्द आव्हान गरिरहेका पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा प्रमुख एसपी नरबहादुर केसीले बताए ।संघीय लिम्बुवान पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आव्हान गरेको बन्दका कारण आइतबार र सोमबार दिनभर पूर्वको जनजीवन प्रभावित बनेको छ ।   प्रमुख राजनीतिक दलहरूले प्रस्तुत गरेको छ प्रदेश सहितको संविधानको खाका प्रति असहमति जनाउँदै अरुण पूर्वका नौ जिल्ला मात्रै भएको लिम्बुवान प्रदेश माग गर्दै आइतबार र सोमबार पूर्वका नौ जिल्लामा आमहडतालको आव्हान गरेका हुन ।   बन्दका कारण आइतबार र सोमबार दुई दिन ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायतका जिल्लामा जनजीवन प्रभावित बनेको छ । बन्दका कारण पूर्वका कुनै पनि जिल्लामा यातायात, कलकारखाना, शैक्षिक संस्था र बजार पसल सञ्चालनमा आउन सकेका छैनन् । हडतालमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समिति र राष्ट्रिय युवा फोर्सले पनि समर्थन जनाएका छन् ।   चार दलले गरेको सहमतिमा अरुण पूर्वका नौ जिल्लामा सगरमाथा अञ्चलका थप पाँच जिल्ला रहेको प्रदेश बनाउने उल्लेख गरिएको छ । तर, लिम्बुवानले भने दलहरूले बनाएको १ नम्बर प्रदेशमा असहमति जनाउँदै ऐतिहासिक आधारमा नौ जिल्ला भएको लिम्बुवान प्रदेश माग गरेको छ । चित्तबुझ्दो नभएको सिमांकन र नामांकन विना ल्याएको संविधान कुनै पनि हालतमा नमान्ने निष्कर्ष निकाल्दै बन्द सहितको आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार र सोमबार पूर्वका नौ जिल्ला बन्द गरिएको संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन ुमिराकुले बताए ।   लिम्बुवानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत लिम्बुवान हुनुपर्ने, जनताबाट निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने लगायतका माग अघि सारेको छ ।   यसैबीच, थारुवान संघर्ष समितिले पुर्वी तराईका छ जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरमा शनिबारदेखि गरेको बन्द जारी राखेको स्थानीय प्रशासनले जनाएको छ । यस्तै, प्रदेशको सिमांकनका विषयमा वैद्य नेतृत्वको नेकपा(माओवादी सहित १२ राजनीतिक पार्टीले गरेको बन्दको प्रभाव पनि पूर्वमा परेको छ । संघीय लिम्बुवान पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेकपा(माओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लगायत १२ पार्टीले बन्द माथि बन्द गरेका छन् ।   दैनिक जसो हुने बन्दले सर्वसाधारण देखि उद्योग व्यवसायीसम्म मारमा परेका छन् भने शैक्षिक गतिविधि समेत प्रभावित बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending