Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नृशंस दोरम्बा हत्याकाण्डका सहिदहरु: एक शब्द चित्र

\"bhisma२०६०श्रावण ३२ अर्थात् दोरम्बा हत्याकाण्डभएको दिन । त्याहाँबाट याहाँसम्म आउँदा मुलुकले राजनतिक रूपमा ठुलै फड्को मारेको छ  । जनताको त्याग,तपस्या र बलिदान कुहिरोको काग भएका छन् । १० बर्षे जनयुद,जनआन्दोलन,मधेस आन्दोलन,आदीवासि जनजाती आन्दोलनका म्यान्डेडहरू संस्थागत गर्न स्थापित संविधानसभा प्राय असफल जस्तै बनेको छ । मुक्तिका लागी योगदान दिने योद्दाहरू निरास छन । सहिद परिवार,बेपता परिवार,घाइते तथा अपाङ्गहरू र पार्टीको सम्पर्क टुटेको छ । हिजोका नायकहरू खलनायकमा रूपान्तरित भएको आभास हुन थालेको छ । धेरैको बर्ग र बर्ग चिन्तन फेरिएको छ । तर पनि एकाथरि इमान्दार नेता तथा कार्यकर्ता को धैर्यता टुटेको छैन । मालेमाको आलोकमा जनवादी क्रान्तिको यात्रामा  निरन्तर लागिरहेका छन । यीनै अन्योलताहरूको समिपमा दोरम्बा स्मृती दिवस आइपुगेको छ । तत्कालिन विद्रोही नेकपा (माओवादी )र सरकार बीच दाङको हापुरेमा दोस्रो चरणको शान्ति वार्ता भईरहदा नियोजित रुपमा दोरम्बा हत्याकाण्ड  भएको थियो । जनताको आवाजलाई बन्दुकले दबाउन सकिन्छ र ? आफ्नो लुटको स्वर्ग बचाउन सकिन्छ भन्ने तत्कालिन सत्ताको दुश्साहसि सपना थियो, दोरम्बा हत्याकाण्ड । उक्त हत्याकाण्डमा रामेछापको लोकप्रिय नेता बाबुराम लामा (पुष्प), क.प्रदिप दोङ (रक्तिम), क.अम्बिका दाहाल (ललिका) लगायत २१ जना माओवादी नेताकार्यकर्ताको आम हत्या गरिएको थियो । २०६० साल श्रावण ३२ गतेका दिन रामेछाप जिल्लाको दोरम्बा गा.वि.स.स्थित युवराज मोक्तानको घरमा रामेछाप जिल्लाका पार्टी नेताकार्यकर्ता बैठकमा व्यस्त थिए । मौसम बिहानै देखि सुसाइरहेको थियो । श्रावणको महिना बाक्लो हुश्सु र सिमसिम पानी परिरहेको थियो । युद्धविराम भएकोले सुरक्षा व्यवस्थामाखासै ध्यान दिइएको थिएन । स्थानिय सुराकि रेलिमाई तामाङ र भिम बहादुर श्रेष्ठलाई प्रयोग गरी उक्त हत्याकाण्ड मचाईएको थियो । स्वाथ्यकर्मीको आवरणमा जनविरोधी गतिविधिमा सक्रिय रेलिमाई र स्थानिय कांग्रेस कार्यकर्ता भिम बहादुरले सुराकी गरेका थिए । शाही नेपाली सेना रामेछापको नारायाण दल गुल्मको मेजर राम मणि पोखरेलको नेतृत्वमा करिब १५०जनाको शाही सेनाले निशस्त्र अवस्थामा रहेको माओवादी नेता कार्यकर्ता बसेको घर घेरा हाली चारैतिरबाट आक्रमण गरेको थियो । उक्त विभत्स हत्याकाण्ड पश्चात दोस्रो चरणको शान्ति वार्ता पनि भङग भएको थियो । ५ कि.मि.भन्दा बाहिर निस्कन नपाईने र निस्कनुपर्ने भए आपसी समझदारी कायम गरेर मात्र बाहिर गातिविधि गनुपर्ने युद्धवीराम आचारसंहिता विपरित रामेछाप जिल्ला सदरमुकामबाट करिब २५ कोष टाढा पर्ने दोरम्बा गा.वि.स. मा आई निशस्त्र अवस्थामा रहेको माओवादी नेता कार्यकर्ताको कत्लेआम गरिएको थियो । उक्त घटनामा तत्कालिन रामेछाप जिल्ला इन्चार्ज हरि दाहाल (ललित) र जिल्ला सेक्रेटरी मैनकुमार मोक्तान भने घेरा तोडेर भाग्न सफल भएका थिए । अन्तरिम सरकार , गोलमेच समेलन र संविधान सभाको निर्वाचन लगायत एजेन्डामा वार्ता भइरहेको बेला यस्तो नरसंहकारी हत्याकाण्ड मच्चाएर माओवादीलाई बन्दुकको भरमा दबाउन खोज्ने दुश्साहस थियो, दोरम्बा हत्याकाण्ड । शान्ति वार्ता चलिरहेको बेला युद्धविराम आचारसंहिता र जेनेभा महासन्धीको ठाडो उल्घन गर्दै शाही सेनाले निसस्त्र अवस्थामा कब्जामा लिएका माओवादी नेता कार्यकर्ताको बर्बर हत्या गरिएको थियो । कब्जामा लिएर दुवै हात पछाडि बाधिँ अमानवीय व्यवहार गर्दै दोरम्बा बजार हुदै डुडुवा गा.वि.स. को डाडाँ कटेरी भन्ने ठाउँमा पुर्याई दुवैहात बाधेकै अवस्थामा लाम लगाई गोली हानि हत्या गरियो । निसस्त्र अवस्थामा कब्जामा लिएको क्रान्तिकारी योद्धाहरुको हत्या गरी शब जगंलमा फालेर शाही सेनाहरू रामेछापको मन्थली तिर लागे । उक्त विभत्स हत्याको ढाकछोप गर्न हत्याराको नाईके मेजर राम मणि पोखरेलले कुहिरो लागेको बेला दोहोरो भिडन्तमा परि केहि माओवादी मारिएको भनि गोयवल्सको शैलीमा दुस्प्रचार गरेको थियो । जबकि हत्याकाण्ड पश्चात गठन भएको मानवअधिकार आयोगले दिएको छानबिन प्रतिवेदनमा उक्त घटना दोहोरो भिडन्तमा नभई बिभत्स हत्यानै गरिएको भनिएको छ । उक्त घटना बारे मानवअधिकार छानबिन आयोग अगाडि भन्छ ”निसस्त्र अवस्थामा कब्जामा लिएको माओवादी नेताकार्यकताहरु करिब १ घण्टा पछि शाही सेनाले हात पछाडि बाधिँ कसैलाई अघि र पछि एक– एक वटा झोला बोकाई स्वस्थ्य चौकी तिर अगाडि बढाए छन केहि गाउँलेहरुले तीन जना सेनाले एक महिलालाई युवराज मोक्तानको घरबाट जबरजस्ती उकाला लादै गरेको देखे छन । सेनाहरु हिडे पश्चात युवराज मोक्तानको घरमा गाउँले जम्मा भए छन घर नजिककै विवेक भनिने टेकबहादुर थापा मगरको लासमा छाती र पेटमा गोली लागि ढलेको अवस्थामा भेटिएकोर निजको लासकै छेउमा मट्टीतेलको जर्किन पनि भेटिएको गाउँले ले बताए । त्यस्तै प्रतिवेदनको निस्कर्षमा भनिएको छ, हात पछाडि बाधिँ नजिककैबाट गोली प्रहार भएको पुष्टी भएको छ । उक्त कुरा अन्तराष्ट्रिय मानविय कानुन र खासगरी अन्तरिक सशस्त्र विवादकासमयमा गिरफ्तार गरी पूर्ण रुपमा कब्जामा लिएको बन्दीहरुलाई संरक्षण गर्नु पर्ने सिद्धान्त रहेको जेनेभा कन्भेन्सनको साझा धारा तीनको विपरीत पाईयो । राष्ट्रिय सन्दर्भमा उक्त कार्य नेपालको संविधान, सैनिक ऐन प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनको प्रतिकुल हुन गएको समितिको ठहर छ । “ माओवादी जनयुद्धबाट हायलकायल भएको शाही सत्ताले आफ्नो अन्तिम प्राण रक्षाको लागि गरिएको दुश्साहस थियो,दोरम्बा हत्याकाण्ड । जनयुद्धलाई नै आफ्नो जीवन बनाउदै संघर्षको कठिन खुड्कलाहरु चढीरहेको क्रान्तिकारी योद्धाहरु माथि विभत्श र बर्बर दमन र आम हत्या गरेर तत्कालिन शाहीसत्ताले सिंगो मानवताकै उपहास गरेको थियो । त्यसैको निकृष्ट नमूना थियो दोरम्बा हत्याकाण्ड ।“ तिमी एक मार हामी हजार हुने छौ “ भन्ने उदघोष गर्दै ति क्रान्तिकारी योद्धाहरु जसले सहर्स मृत्यृु स्वीकारे आत्म सर्मपण गरेनन् । दोरम्बा हत्याकाण्डमा शहादत प्राप्त गर्नुहुने महान शहिदहरु १. बाबुराम लामा (पुष्प) महान् शहिद बाबुराम लामा क.पुष्पको जन्म रामेछाप जिल्लाको बेथानमा २०१४ सालमा आमा उर्मे लामा र बुबा कर्म लामाको कोखबाट भएको थियो । उँहा ने.क.पा.(माओवादी) रामेछापको संस्थापक सदस्य समेत हनुहुन्थ्यो ।२०४६ सालबाटै कम्युनिष्ट आन्दोलनमा सक्रिय उहाँ क्षेत्रिय व्युरो सदस्य र रामेछाप जनसरकार प्रमुखको रुपमा नेतृत्व गर्दै जाने क्रममानिशस्त्र अबस्थामा उँहा लगायत २१ जनालाई माओवादी नेता कार्यकर्तालाई दोरम्बाबाट शाही सेनाले नियन्त्रणमा लिई डाँडाकटेरीमालगि विभत्स हत्या गरेको थियो । २.अम्बिका दाहाल (ललिका) महान् शहिद अम्बिका दाहाल क ललिका को जन्म बुबा गीतानन्द तिमल्सिना र आमा उनदेवी तिमल्सिना एक मात्र छोरीको रुपमा २०३७ सालमा ललितपुरको इकुटोलमा भएको थियो।ने.क. पा.(माओवादी) रामेछाप जिल्ला अन्तर्गतको ईलाकाको सेक्रेटरीको रुपमा जिम्मेवारी बहन गर्ने क्रममा उहाँलाई दोरम्बाबाट निसश्त्र अवस्थामा शाही सेनाले नियन्त्रणमा लिई डाँडाकटेरीमा लगि विभत्स हत्या गरेको थियो । ३. प्रदीप दोङ (रक्तिम) महान् शहिद प्रदीप दोङ क.(रक्तिम)को जन्म बुबा कृष्ण बहादुर दोङ र आमा विष्णुमायाँ दोङको कोखबाट २०३८ सालमा बेथानमा भएको थियो। ।कक्षा ९ मा अध्ययन गर्दै गर्दा अध्ययनलाई छोडी उहाँ माओवादीको पुर्णकालिन सदस्य हुनुभयो। जनवादी साहित्यमा समेत आफ्नो परिचय बनाउन सफल क.प्रदीप दोङ ने.क. पा.(माओवादी)रामेछापको जन मिलिसिया कमाण्डरको रुपमा जिम्मेवारी बहन गदैगर्दा उहाँलाई दोरम्बाबाट निसश्त्र अवस्थामा शाही सेनाले नियन्त्रणमा लिई डाँडाकटेरीमा लगि विभत्स हत्या गरेको थियो । ४. टेक बहादुर थापा मगर (विवेक) महान् शहिद टेक बहादुर थापामगर क (विवेक) को जन्म आमा चन्द्रमायाा थापामगर र  बुबा सिरबहादुर थापममगरको एक्लो छोराको रुपमा वि.सं.२०३३ मा दोरम्बा– १ मा भएको थियो ।२०५९ सालमा पुर्णकालिन हुनुभएका उहाँ जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । ५. उमा कार्की (सहारा) महान् शहिद उमा कार्की क.सहारा को जन्म बुबा हर्क कहादुर कार्कीको पहिलो सनतानको रुपमा वि.स.२०४७ मा रामेछापको चनखुमा भएको थियो । २०५८ सालमा पुर्णकालिन हुनुभएका उहाँ इलाका कमिटी सदस्य हुनुहुन्थ्यो । ६.  ठुलोराम तामाङ (छोप्पा) महान् शहिद ठुलोराम तामाङ क. छोप्पाको जन्म २०११मा आमा रत्नकुमारी तामाङ र बुबा डिल बहादुर तामाङको जेठो सन्तानका रुपमा दोरम्बा–३ मा भएको थियो । २०५८ सालमा पुर्णकालिन हुनुभएका उहाँ गाऊँ कमिटी सदस्य हुनुहुन्थ्यो । ७.सानोराम तामाङ (तारा) महान् शहिद सानोराम तामाङ क.(तारा)को जन्म २०१३ मा आमा रत्नकुमारी तामाङ र बुबा डिल बहादुर तामाङको तेस्रो सन्तानका रुपमा दोरम्बा–३ मा भएको थियो । २०५९ सालमा पुर्णकालिन हुनुभएका उहाँ किसान संगठनको जिल्ला सदस्य हुनुहुन्थ्यो । ८.क.लक्षुमण तामाङ महान् शहिद क.लक्षुमण तामाङको जन्मवि.स.२०२२ सालमादोरम्बा–३ दोस्रो सन्तानको रुपमा बुबा भक्त बहादुर तामाङर आमा ठुलीमायाँ तामाङको कोख बाट भइको थियो ।उहाँ २०५९ सालमा एमाले परित्याग गरि माओवादीमा पुर्णकालिन हुनुभएकोे थियो। ९.क.युवराज मोक्तान महान् शहिद क.युवराज मोक्तानको जन्म दोरम्बामा वि.स.२०२४ सालमा दोस्रो सन्तानको रुपमा बुबा लाल बहादुर मोक्तान र आमा पाङसुङ तामाङको कोख बाट भइको थियो ।उहाँ माओवादीको समर्थक तथा शिक्षक हुनुहुन्थ्यो । १०.क.लिला मोक्तान महान् शहिद क.लिला मोक्तानको जन्म दोरम्बामा बुबा शहिद क.युवराज मोक्तान र आमा सुन्तली तामाङको कोख बाट भइको थियो ।उहाँ माओवादीको समर्थक तथा कक्षा१२ मा अध्ययनरत हुनुहुन्थ्यो । ११.  चतुरमान थामी (समर) महान् शहिद क.चतुरमान थामीको जन्म २०१२मा रामेछापको डडुवामा एक गरिव किसान परिवारमा भएको थियो । एमाले बाट राजनिति सुरु गर्नु भएको उहाँले जनमोर्चा हुँदै ने.क.पा. (माओवादी)मा क्रियाशिल उहाँ थामी मुक्ति मोर्चामा केन्द्रिय उपाध्यक्ष्य समेत हुनुहुज्थ्यो । १२. सोमाई थामी (संगीता) महान सहिद सोमाई थामी क.(संगीता)को जन्म २०४१मा बुबा ताङ्बा थामी र आमा कुमारी मायाँ थामीको सातौं सन्तानको रुपमा रामेछापको डडुवामा एक गरिव किसान परिवारमा भएको थियो । उहाँ इलाका कमिट सदस्य हुनुहुन्थ्यो । १३. विष्णुमायाँ थापा मगर(विमा) महान् शहिद विष्णुमायाँ थापा मगर क विमा को जन्म आमा जगतमायाँ थापामगर र बुबा खड्गबहादुर थापममगरको काइली छोरीको रुपमा वि।स।२०४१ मा दोरम्बा–१मा भएको थियो । ०५५ सालमा पुर्णकालिन हुनुभएका उहाँ अनेमसं(क्रान्तिकारी)को जिल्ला कमिट सचिव हुनुहुन्थ्यो । १४.श्याम तामाङ (इन्क्लाव) महान् शहिद महान् शहिद श्याम तामाङ क.इन्क्लाव को जन्म २०१८ मा  आमा करमायाा तामाङको कान्छो छोराको रुपमा चनखु –१ मा भएको थियो । उहा तामाङ मोर्चाको जिल्ला सदस्य हुनुहुन्थ्यो । १५. हर्क घिसिङ (यथार्थ) महान् शहिद हर्क घिसिङ क.यथार्थको जन्म २०३६ आमा गुल्म तामाङ र बुबा बाबुलाल घिसिङको तेस्रो सन्तानको रुपमा फुलासी–७ मा भएको थियो । उहाँ अखिल(क्रान्तिकारी) जिल्ला कोषध्यक्ष्य हुनुहुन्थ्यो । १६.  रवि चौहान(समिर) महान् शहिद रवि चौहान क.समिर जन्म रामेछाप जिल्लाको गेलु गा.वि.स.को ज्याम्दीमा भएको थियो।उहाँ शिक्षण पेशा त्यागिअखिल नेपाल शिक्षक संगठन रामेछाप जिल्लामा क्रियाशिल हुनुहुन्थ्यो । १७.  पदमराज गिरि महान् शहिद पदमराज गिरिको को जन्म २००७मा बुबा वगवान गिरि र आमा पवित्रा गिरिको कान्छो छोराको रुपमा भएको थियो । । उहाँ इलाका कमिटी सदस्य हुनुहुन्थ्यो । १८. हर्क लक्ष्मी राई (विमला) हर्क लक्ष्मी राई क.विमलाको जन्म सोलुखुम्बुमा भएको थियो । उहाँ जनयुद्धको क्रममा रामेछापको धर्तीमा  शहादत प्राप्त गर्ने एक योद्धा हुनुहुन्छ ।उहाँ जनमुक्ति सेनाको १४ औं बटालियन अन्तरगत सी कम्पनिको सदस्य रुपमा क्रियाशिल हुनुहुन्थ्यो । १९.  क.उषा महान् शहिद क.उषाको जन्म सिन्धुपालचोक जिल्लाको पिस्करमा भएको थियो । उहाँ जनयुद्धको क्रममा रामेछापको धर्तीमा शहादत प्राप्त गर्ने एक योद्धा हुनुहुन्छ । २०. क.सोम महान् शहिद क.सोमको जन्म काभ्रे जिल्लाको चौबासमा भएको थियो । २१.क.जमिन महान् शहिद क.जमिन धनुषा जिल्लाको हुनुहुन्थ्यो ।उहाँ जनमुक्ति सेनाको १४ औं बटालियन अन्तरगत ए कम्पनिको एफ.जि.एल. को रुपमा क्रियाशिल हुनुहुन्थ्यो ।   यसरी यी महान योद्दाहरू शहिदकोसुचीमा लामबद्ध भए । जनयुद्ध जिन्दावाद भन्दै आफ्नो प्राण उत्सर्ग गरे । यसरीदोरम्बको डाडाँ कटेरी एकैछिनमा रक्ताम्य बन्यो । सिंगो नेपालीराजनितिलाई प्रभावित पार्ने आम नरसंहार थियो,दोरम्बा हत्याकाण्ड । ति महान शहिदहरु जसले नेपाली महान जनयुद्धलाई थप उचाईमा पुर्याए । दोरम्बाको भूमिमा आफ्नो रगत बगाएर महान जनयुद्धलाई नयाँ उचाईमा मात्रै पुर्याएनन, प्रतिक्रियाबादी सत्ताको पतनको उदघोष पनि गरे। नरसंहारकारी दोरम्बा हत्याकाण्ड भएको आज बाह्र वर्ष पूरा भईसकेको छ । नेपालमा मात्र होईन सर्वहारा क्रान्तिकै इतिहासमा दोरम्बा हत्याकाण्ड उदाक्त आदर्श र बलिदानको उच्च किर्तीमान रुपमा रहिरहने छ । आजको अवस्थामा दोरम्बाका शहिदहरुलाई स्मरण गर्नु भनेको उहाँहरूको उदाक्त आदर्श र उहाहरुले देखाएको बाटोलाई नेपाली समाजको नयाँ सन्दर्भमा नयाँ मूल्यको साथ आत्मसाथ गर्नु नै हो । दोरम्बा हत्याकाण्डका शहिदहरुलाई सम्झनुको अर्थ उहाँहरुले देखाएको बाटोमा अविचलित रुपमा अघि बढ्नु नै हो । दोरम्बा हत्याकाण्ड देखि यहाँ सम्म आईपुग्दा माओवादी आन्दोलन नवसंसोधनवाद हुदै प्रतिक्रियावादमा पतन हुने खतरामा पुगेको छ । समर्थक बर्ग संघर्ष झन पेचिलो बन्दै गइरहेको छ ।नेतृत्ववाटै राजनैतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति बाकी जस्ता माक्सवाद बिरोधी भनाइ र बिचारहरू आएका छन । यसले पिडा र चिन्ता बोध गराएको छ । आम समर्थकमा हिजोको त्यो रगतको इतिहास त्यो महागाथा खण्डित खण्डित भएर बिसर्जन पो हुने हो की भन्ने पिडा र चिन्ता बोध हुन थालेको छ । बर्गीय मुक्तिको प्रस्न झनै कसिलो घेराबन्दीमा परेको छ । यस परिस्थितिमा समग्र माओवादी पार्टीहरू एकठाँउमा आएर दोरम्वाको बलिदानीलाइ स्मरण गर्दै सहिद तथा बेपत्ता परिवार ,घाइते तथा अपाङ्ग योद्दीहरूलाइ अगाडी राखेर पार्टी र आन्दोलन एकता,रूपान्तरण र नयाँ खाले बिद्रोहको साझा प्रतिबद्दता आउन जरूरी छ । दोरम्बा स्मृती दिवसको अवसरमा पार्टी नेतृत्वले आम समर्थकलाइ यी प्रश्नको जबाफ दिनैपर्छ( चे ग्वेभाराझै संसार जित्ने सपथ खाएर हिंडेका हाम्रो  विजययात्रा कहाँ पुग्यो? क्रान्ति जारी छ कि अन्त्य भयो ? जारी छ भने हामी किन बेकम्मा बनाइएका छौ“ ? अन्त्य भएको हो भने के ? पाए नेपाली जनताले ? जनयुद्धमा आहुति दिने ती वीर सहिद हुन् कि मरेका मान्छे ? घाइते साच्चै जनक्रान्तिका योद्धा हुन् कि अपाङ्ग मात्र ? यी तस्बीर बलिदानका कीर्तिमान हुन् वा खरानीको थुप्रो ? भविष्यका चिन्ताले सिन्काजस्तै फुकिढल जो संयोगले नमरेका हजारौं कार्यकर्ता जिउँदा लाश हुन् कि जनयुद्धका अमर योद्धा ? गरिखाने वर्गप्रति इमान्दार ए कमरेड ! कहिले जाने सडकमा बेवारिसे क्रान्तिलाई बचाउन ? बाकी यात्राका लागी यसको जबाफ दिनैपर्छ ! यसका लागि पार्टीका इमान्दार नेता तथा कार्यकर्ताको सक्रिय पहलकदमी जरूरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending