काठमाडौँ। सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोलले हराउँदै मच्छिन्द्र विजयी भएको हो।
मच्छिन्द्रको जितमा ओमोलाजा करिम र ओलवाले हाफिजले गोल गरे। एपीएफका लागि अर्माण्ड बिनोङले एक गोल गरे। जितसँगै २४ अंक जोडेको मच्छिन्द्र लिगको चौथो स्थानमा उक्लिएको छ। आजै भएको अर्को खेलमा संकटा र त्रिभुवन आर्मीले बराबरी खेल्दै अंक बाँडेका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा दुबै टोलीले एकरएक गोलको बराबरी खैदै एक/एक अंक बाँडेका हुन्।
आर्मीका लागि खेलको १७ औँ मिनेटमा भरत खवासले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा संकटासँग बराबरीमा रोकिन पुग्यो।
अतिरिक्त समयको छैटौँ मिनेटमा संकटाका युसिफ अत्रिसले बराबरी गोल गरे। बराबरीसँगै रेलिगेशन जोनमा रहेको संकटा १० औँ स्थानमा उक्लिएको छ। आर्मी भने छैटोँ स्थानमा यथावत् छ।
जारी लिगमा २७ अंकसहित चर्चब्वाइज शीर्ष स्थानमा छ। २४ अंकको जावलाखेल दोस्रो तथा समान अंकको थ्रीस्टार तेस्रो स्थानमा छ। फ्रेण्ड्स र पुलिस रेलिगेशन जोनमा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: