Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

संघीयता खारेजी गर्न नसकिने एमाले अध्यक्ष ओलीको प्रष्टोक्ति

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेको ५ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीयताको विपक्षमा जाने चर्चाको खारेज गरेका छन् । 

पार्टी बैठक समापनपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता विष्णु रिजालले पार्टीको बैठकमा अध्यक्ष ओलीले एमाले सङ्घीयताको विपक्षमा जाने कुरा गलत भएको स्पष्ट रूपमा राखेको जानकारी दिए । 

बैठक समापनको क्रममा अध्यक्ष ओलीले बजारमा एमाले सङ्घीयताको विपक्षमा रहेको, एमालेले संघीयता नमान्ने विषयमा हल्लाहरु चलेकामा त्यसलाई खारेज गरेको नेता रिजालले बताए ।

 केही नेताले सङ्घीयताको विरुद्धमा बोल्दा पार्टीको निर्णय जसरी कुरा आउनु राम्रो नभएको ओलीको भनाई थियो । 

अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै नेता रिजालले भने– ‘संघीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । सङ्घीयताको बारेमा हाम्रो बैठकमा कुनै छलफल पनि भएको छैन । कुनै साथीले, कुनै ठाउँमा दुई तीनजना उभिँदा, समूहमा कुरा गर्दा राखेका कुराहरूलाई पार्टीको आधिकारिक निर्णय हो भनेजसरी प्रचार गरिएको छ, यो गलत छ । अध्यक्ष कमरेडले यसको आलोचना गर्नुभएको छ । पार्टीको विधिको हिसाबले पनि गलत छ । पार्टीको मान्यताको हिसाबले पनि गलत छ । नेपालमा संघीय गणतन्त्र स्थापना गर्ने अगुवा पार्टी, नेता पार्टी र यसको सर्जक पार्टी नेकपा एमाले हो ।’ 

यो कुरा पार्टी अध्यक्ष ओलीले प्रष्टसँग पार्टीको बैठकमा राखेको नेता रिजालले जानकारी दिए । एमालेमा गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताहरूले संघीयतामाथि पुनर्विचार गर्नुपर्ने विचार राख्दै आएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: