Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अमरेश, उपेन्द्र र महतोमाथि यसरी छानविन हुँदैछ संसदमा

\"Madhesi\"काठमाडौं । देश टुक्राउने र पहाडियालाई तराईबाट लखेट्ने जस्ता सद्भाव विथोल्ने अभिव्यक्ति दिएको भन्दै अमरेश कुमार, सिंह, उपेन्द्र यादव, राजेन्द्र महतो सहितका सभासद्को अभिव्यक्तिबारे छानविन हुने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ गृहमन्त्री वामदेव गौतमले केही सभासद्हरुले अभिव्यक्तिको श्रव्यदृश्य सामग्रीको प्रतिवेदन पेश गरेपछि संसदले छानविन गर्ने भएको छ । संसद्मा सभासद्हरूले केही दिनअघि कैलालीको टीकापुरमा संघीय समाजवादी अध्यक्ष उपेन्द्र यादव, कांग्रेस सभासद् अमरेशकुमार सिंह, सद्भावना अध्यक्ष राजेन्द्र महतोलगायतले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रश्न उठाएका थिए । सोमबार संसद्मा जवाफ दिँदै गृहमन्त्री गौतमले सभासद्जस्तो पदमा बसेर सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘‘माननीय सदस्यजस्तो गरिमामय पदमा बसेकाले दायित्व बिर्सेर हतियार उठाउनेजस्ता चेतावनी दिएको विषयमा सरकार र संसद्को गम्भीर ध्यान जानेछ,’ गृहमन्त्री गौतमले भने, ‘जातीय हिंसा फैलाउने र राष्ट्रिय स्वतन्त्रतामा आँच आउने आपत्तिजनक भाषणको अडियो रेकर्ड र आपत्तिजनक भाषण संसद्समक्ष प्रस्तुत गरेको छु ।’ सभामुख नेम्वाङले निर्देशन दिएपछि संसद्को राज्यव्यवस्था समितिले सभासद्हरूको विवादास्पद अभिव्यक्तिबारे अध्ययन थालेको छ । मंगलबार बिहान समितिको बैठक बस्दै छ । समितिले अध्ययन–अनुसन्धान गरी दोषी देखिए कारबाही प्रक्रिया अघि बढाउनेछ । ‘‘अहिले सभामुखको निर्देशनअनुसार राज्यव्यवस्था समितिले अध्ययन–अनुसन्धान गर्छ,’ संसद् सचिवालयका कानुनी सल्लाहकार रवि शर्मा अर्यालले भने, ‘के गर्ने भन्ने कुरा समितिको निर्णयबमोजिम हुनेछ ।’ सभासद्हरूको मागअनुसार सोमबारको संसद् बैठकमा गृहमन्त्री गौतमले देशका विभिन्न भागमा २८ देखि ३१ साउनसम्म भएका आन्दोलनको विषयमा पनि जानकारी गराएका थिए । ‘संघीय प्रदेशको सीमांकनमा असहमत भई २८ देखि ३१ सम्म काठमाडौं, कैलाली, सुर्खेत, जुम्लालगायत ठाउँमा सरकारी सम्पत्तिमाथि तोडफोड गर्ने, प्रहरीमाथि आक्रमण गर्नेजस्ता गतिविधि भएपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग भएको हो,’ गौतमले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending