Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

सरकारको १३ अर्ब रुपैयाँ गायब

\"sarkar\"काठमाडौंं । सार्वजनिक संस्थानमा सरकारले लगानी गरेको पौने १३ अर्ब रुपैयाँ हराएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ सरकारले कुल ३४ वटा संस्थानमा गरेको आठ अर्ब ७८ करोड सेयर लगानी र चार अर्ब सात करोड रुपैयाँ ऋण लगानीको हिसाब सरकारी कागजातमा देखिन नसकेको हो । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार हालसम्म सरकारले सबै सार्वजनिक संस्थानमा कुल एक खर्ब १५ अर्ब ८१ करोड ४४ लाख रुपैयाँ सेयर लगानी गरेको छ । तर, संस्थानहरूको तथ्यांकमा भने सरकारको हालसम्म सार्वजनिक संस्थानमा एक खर्ब सात अर्ब दुई करोड ८१ लाख रुपैयाँ सेयर लगानी पुगेको देखिएको छ । संस्थानमा भएको आठ अर्ब ७८ करोड ६३ लाख सेयर लगानी मिलान हुन सकेको छैन । त्यस्तै, महालेखा नियन्त्रकको कार्यालयले देखाएअनुसार संस्थानमा सरकारले एक खर्ब ११ अर्ब ६८ करोड १६ लाख ऋण लगानी पुगेको छ । तर, संस्थानको तथ्यांकमा ऋण लगानी एक खर्ब सात अर्ब ६० करोड ४२ लाख रुपैयाँ पुगेको छ । कुल ऋण लगानीमा समेत चार अर्ब सात करोड ७४ लाख रुपैयाँ मिलान हुन सकेको छैन । महालेखा परीक्षक कार्यालयले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदनमा हिसाब मिलानका लागि निर्देशन दिने गरे पनि अर्थ मन्त्रालयले खासै ध्यान दिएको छैन । यसले सरकारको हिसाबकिताबमा लापरबाही हुने देखाएको कार्यालयका एक अधिकारीले बताए । ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७२’ का अनुसार ३७ मध्ये आठवटा संस्थानमा भएको सेयर लगानीमा कुनै फरक देखिएको छैन । तर, बाँकी २९ वटा संस्थानमा भएको सेयर लगानीमा भने फरक देखिएको हो । त्यस्तै, २० संस्थानमा भएका ऋण लगानीमा कुनै फरक देखिएको छैन । तर, बाँकी १७ वटा संस्थानसँगको सरकारको लगानीमा भने फरक देखिएको छ । सरकार वा संस्थानको अभिलेख अद्यावधिक नहुँदा हिसाब नमिलेको अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले बताए । ‘सरकारले दिएको ऋणको हिसाब संस्थानले नराख्दा वा संस्थानले तिरेको रकमको हिसाब सरकारले नराख्दा लेनदेन नमिलेको हो,’ उनले भने, ‘सरकार र संस्थानका हिसाब मिलान गरेपछि हिसाब मिल्छ ।’ सरकारले संस्थानमा गरेको लगानीको हिसाब नमिलेको देखिए पनि त्यो हराउन वा दुरुपयोग हुन भने नसक्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending